back

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

वि.सं.२०८१ असार ७ शुक्रवार

342 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा रु ४१ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा रु ३७ अर्ब सङ्कलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म रु चार खर्ब ४८ अर्ब राजस्व सङ्कलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा नौ दशमलव ६४ प्रतिशतले बढी हो ।

गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली रु चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म रु ४० अर्बले राजस्व सङ्कलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिऐ ।

आयकर (भाडा र ब्याजसमेत) बाट रु दुई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट रु एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट रु ९५ अर्ब सङ्कलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट रु आठ अर्ब राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम असुली भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा राजस्व सङ्कलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले रु एक खर्ब ७५ अर्ब सङ्कलन गरेको छ । ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य रु दुई खर्ब ३८ अर्ब थियो ।

वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर सङ्कलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन् । कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व सङ्कलनमा कमी आए पनि चालु आवको उत्तराद्र्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व सङ्कलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताउँछन् ।

अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको उनी बताउँछन् ।

वि.सं.२०८१ असार ७ शुक्रवार १०:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि...

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता...

टीआरसी विधेयकमा दलहरु सहमति नजिक

टीआरसी विधेयकमा दलहरु सहमति नजिक

काठमाडौँ । शान्ति प्रक्रिया तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख...

एक वर्षमा सवा ३४ करोडका अवैध सामान बरामद

एक वर्षमा सवा ३४ करोडका अवैध सामान बरामद

वीरगञ्ज (पर्सा) । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका...

धुवाँमा निसासिएर सुत्केरीसहित दुई जनाको मृत्यु

धुवाँमा निसासिएर सुत्केरीसहित दुई जनाको मृत्यु

काठमाडौँ । जुम्लामा धुवाँमा निसासिएर १२ दिनकी सुत्केरी र उनकी...