back

थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा

वि.सं.२०८१ असार ७ शुक्रवार

363 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु-खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका-७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ ।

वर्षाका कारण सडक भासिँदा बिहीबार दिउँसो चार घण्टा सडक अवरुद्ध भएको थियो । आज पनि सोही ठाउँमा एउटा बोलेरो जीप फस्दा सडक अवरुद्ध रहेकामा जीप निकालेपछि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत शेरामा पक्की पुल निर्माण भइरहेको छ । सोही पुलको नजिकै डाइभर्सन सडक बनाइएकामा वर्षाले सडक भासिएको थियो । पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकीलगायतका केही ठाउँमा वर्षा हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८१ असार ७ शुक्रवार १५:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, आज बजारमा प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडाेँ  । स्थानीय बजारमा सुन र चाँदी दुबैको मूल्य ह्वात्तै...

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

रानीकोटको पहिरोले मध्यपहाडी लोकमाग अवरुद्ध

त्रिवेणी (रुकुमपश्चिम) । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार...

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

मिटरब्याजसम्बन्धी निवेदनका चाङ

महोत्तरी । स्थानीय प्रशासन तथा प्रहरी कार्यालयमा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी...

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

नेपालमा लगानी, पर्यटन, रोजगारी सम्बन्धी ओमानमा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । नेपाली दूतावास, मस्कटको आयोजनामा नेपालमा निर्यात, व्यापार, लगानी,...

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

पूर्वीनाकाबाट आठ करोडभन्दा बढीको जडीबुटी निर्यात

झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०÷८१ मा रु आठ...

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

नेपाली मूलका कार्की एलमिडा काउन्टीको आवास तथा सामुदायिक विकास सल्लाहकार बोर्डमा नियुक्त

विजय थापा, अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यको एलमिडा काउन्टीको आवास...