back

आजदेखि ‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

वि.सं.२०८१ असार ७ शुक्रवार

456 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । आजदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको छ ।

चलचित्र ‘आचार्य’ स्वर्गीय भजन शिरोमणि गायक भक्तराज आचार्यको जीवनीमा आधारित रहेर तेह्र वर्ष अगाडि निर्माण गरिएको थियो । चलचित्रका केही दृश्य सम्पादनसहित आजदेखि पुनः प्रदर्शन गरिएको हो । प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको चलचित्रमा स्वर्गीय गायक आचार्यको भूमिका उनकै छोरा सत्यराज आचार्यले निर्वाह गरेका छन् ।

“चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि प्रदर्शन गरिएको हो”, गायक तथा अभिनेता आचार्यले भने ।

चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपीन कार्की, सौगात मल्ललगायतले अभिनय गर्नुभएको छ । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

आजैदेखि प्रदर्शन भएको चलचित्र ‘दान्भी’ मा अभिनेत्री पूजा शर्मासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन् । रुपेश तामाङले निर्देशन गरेका चलचित्र नेपालसँगै भारतमा समेत छायाङ्कन गरिएको छ ।

वि.सं.२०८१ असार ७ शुक्रवार १७:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पुनःप्रदर्शनको तयारीमा ‘बुलाकी’

पुनःप्रदर्शनको तयारीमा ‘बुलाकी’

काठमाडौँ । विसं २०८० वैशाख १ मा प्रदर्शन भएको चलचित्र...

कलाकार सागर लम्साल ‘बले’ विहे गरे

कलाकार सागर लम्साल ‘बले’ विहे गरे

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन्...

बाहुबलीकी नायिका देवसेनालाई के रोग लाग्यो यस्तो ?

बाहुबलीकी नायिका देवसेनालाई के रोग लाग्यो यस्तो ?

काठमाडौं । भारतीय नायिका अनुष्का सेट्टीलाई अचम्मको रोग लागेको छ...

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल आइडल विजेता करणलाई गितार उपहार

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाल आइडल विजेता करणलाई गितार उपहार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल आइडल विजेता करण...

नेपाल आइडल सिजन ५ को विजेता बने करण परियार

नेपाल आइडल सिजन ५ को विजेता बने करण परियार

काठमाडौं । बर्दियाका करण परियार नेपाल आइडल सिजन ५ को...