back

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

वि.सं.२०८१ असार ७ शुक्रवार

240 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्ने तयारी भइरहेको बताएका छन् ।

मन्त्रालयको नेतृत्व लिएपछि भए÷गरेका मुख्य उपलब्धिबारे आज जानकारी दिँदै मन्त्री जोशीले तीन तहकै कर्मचारी व्यवस्थापनमा छाता ऐनका रुपमा रहने प्रस्तुत विधेयक यसै अधिवेशनबाट स्वीकृत गर्न समिति र राजनीतिक दलसँगको संवादलाई घनिभूत तुल्याइएको बताए । उनले निजामती विधेयक सबैको चासो र चिन्ताको विषय भएकाले राजनीतिक दलबीच गहन छलफल गरी चालु अधिवेशनबाट पारित गर्न मन्त्रालय प्रतिबद्ध छ भने ।

सङ्घीय मामिलामा गर्नुपर्ने कार्य जिम्मेवारीमा आशातीत उपलब्धि हासिल गर्न नसकेको स्वीकार्दै मन्त्री जोशीले भने, “तीन तहका सरकारबीच आवश्यक समन्वय छैन, एक–अर्काप्रति असन्तुष्टि मात्र देखिन्छ ।” उनले विकासको मेरुदण्डका रुपमा रहेका स्थानीय तहलाई बलियो तुल्याउन शासकीय क्षमता पूर्वाधार निर्माण र संस्थागत क्षमता विकास कार्यक्रम सञ्चालन दस्तावेज तयार भएको पनि जानकारी दिए ।

अस्थिर राजनीतिका कारण आउने दबाबले कर्मचारी व्यवस्थापनमा चुनौती सामना गर्नु परिरहेको उल्लेख गर्दै मन्त्री जोशीले सरकार परिवर्तनसँगै कर्मचारीको पनि फेरबदल भइरहेको स्वीकारे । उनले भने, “राजनीतिक आग्रह र पूर्वाग्रहका कारण कतिपय स्थानीय तहमा पठाइएका कर्मचारी दलबलसहित मात्र हाजिर गर्न जानु परेका घटना छन् ।”

जनप्रतिनिधि र कर्मचारीबीच बुझाइ समानता तथा कार्यगत एकता नहुँदा कतिपय स्थानीय तहमा कार्यकारी खटाउन नसकिएको जिकिर गर्दै मन्त्री जोशीले अझै पनि दुई सय ३० भन्दा बढी स्थानीय तहमा निमित्त खटाउनु परेको जानकारी दिए । मीनभवनस्थित निजामती अस्पतालमा विभिन्न रोगको परीक्षण र निदानसम्बन्धी स्वास्थ्य उपकरणको प्रबन्ध मिलाउने कार्य भइरहेको उल्लेख गर्दै उनले छिमेकी मुलुकबाट पूर्वाधार निर्माण र वस्तुगत सहायतामार्फत प्राप्त हुने सहयोग कार्यक्रम अघि बढाइएको जानकारी दिए ।

मन्त्री जोशीले राजनीतिक अस्थिरताका कारण कानुन र आर्थिक अनुशासन विपरीतका घटना बढेकाले विधि प्रक्रिया र ऐनको पालना गरी कार्यजिम्मेवारी सम्हाल्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिए ।

वि.सं.२०८१ असार ७ शुक्रवार १७:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

क्यान्सर अस्पतालका लेखा अधिकृत कोइराला घुससहित पक्राउ

चितवन । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत...

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल  स्वदेश फर्किए

बंगलादेशबाट दुईसय बढी विद्यार्थी सकुशल स्वदेश फर्किए

झापा । बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ विश्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको...

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौँः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले...

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका...

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय आयो : वर्षमान पुन

बदनियतपूर्ण ढङ्गले संविधान संशोधनको विषय आयो : वर्षमान पुन

काठमाडौँ । निवर्तमान अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...