back

गजल

वि.सं.२०८१ असार ८ शनिवार

699 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

सत्यराज जोशी ‘पङ्कज’
बेलौरी न.पा.१० शिवनगर, कञ्चनपुर

थिएँ हेर्दै जुन फूल छानेको मैले
छु बहुमूल्य रत्नादि ठानेको मैले

खुशी साँट्दै बाँच्ने यो धर्तीमा मेरो
हो साँच्चै प्रेम आधार मानेको मैले

उनी मोती झैं चम्किई दिलमा बस्दा
उनैबाट हो प्यार जानेको मैले

हुँदा प्यासी मन सुन्निए आँखा मेरा
उनी बेगर जीवन छु धानेको मैले

भइन् प्रतिबिम्बित स्वप्नमा इन्द्रेणी जो
चमक उनको दिलमा छु तानेको मैले

बहर : अनुराग
वजन : १२२२/२२/१२२२/२२
अर्कान : मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
काफिया : आ
तहलिली रदिफ : नेको
रदिफ : मैले

वि.सं.२०८१ असार ८ शनिवार ०९:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
तीनसय चारमध्ये मदन पुरस्कारका लागि  छानिय यी पाँच कृति

तीनसय चारमध्ये मदन पुरस्कारका लागि छानिय यी पाँच कृति

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि...

लघुकथा : तरकारीको स्वाद

लघुकथा : तरकारीको स्वाद

मुरारीराज मिश्र, कुमारीगाल, काठमाडौं ’तिमीले पकाएको तरकारीको स्वाद किन यत्ति...

लघुकथाः अपकृत

लघुकथाः अपकृत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर पितृलोकमा मातृपितृ आत्माहरू उत्साहमा...

कविता : जीवन बुझ्नै गाह्रो छ

कविता : जीवन बुझ्नै गाह्रो छ

विदुर अधिकारी, रामपुर, चितवन शान्ति धरामा, भाग्दै छ क्रोध असाध्यै,...

मु्क्तक

मु्क्तक

बाबुराम न्यौपाने 'उत्स'दमक, झापा १. लेखक साहित्यकार नत कार्यकर्ता नत...

सुसेली

सुसेली

उत्तम शर्मा 'दर्शन' पाँचखाल, काभ्रे १ युवा जोसमा गरौं काम...