Logo
८ माघ २०७८, शनिबार
     Sat Jan 22 2022
E-paper
  English Edition
   Unicode
Logo

ठकुरीलाई वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त 



ujjwal-thakuri-world-champianship-1

मे १३, डीसीका कराते खेलाडी ठकुरीलाई नर्थ क्यारोलिनामा मे १३ तारिख आयोजित कुरो बुशि वर्ल्ड मार्शल आर्ट प्रतियोगितामा वर्ल्ड च्याम्पियनशिप बेल्ट (पेटी ) प्राप्त गरेका छन् l 

उनले उक्त प्रतियोगितामा भिडन्त गरेर प्राप्त नगरी अहिले सम्म कसैले प्रस्तुत नगरेको बिशेष प्रस्तुति गर्दा उनलाई आयोजकले बिशेष सम्मान गर्दै बिश्व   प्रतियोगिताको पेटी प्रदान गरेका हुन्  l 

उक्त अन्तर्राष्ट्रिय किक बक्सिङ्ग तथा वर्ल्ड मार्शल आर्ट च्याम्पियनशिपमा उनले पहिलो प्रस्तुतीमा ४० पाउण्ड  तौल दातले उठाएर शरीरमा ४० पाउण्ड  तौल् बाधेर हातमा काँचो अण्डा बोकेर २ खुट्टा पुरै फांग गरी अण्डा नफुटाइ ३ वटा काठको बोर्ड फुटाएका थिए ! 

 

ujjwal-thakuri-world-champianship-2त्यसैगरि दोस्रो प्रस्तूतिमा ४० पाउण्ड  दातले उचालेर हातमा काँचो अण्डा बोकेर १० वटा काठ को बोर्ड २ खुट्टा पुरै फांग गरी फुटाएका थिए l 

उनको तेश्रो प्रस्तुतिमा उनले  दात र शरीरमा गरी १ सय ४० पाउन्ड तौल उचालेका थिए भने चौथो प्रस्तूतिमा उनले २ खुट्टा  पुरै फांग गरी आफ्नो दात ले १ सय  पाउण्ड उचालेर  दर्शकलाई चकित पारेका छन् l 

करिब् १० मिनेट को ठकुरीको उक्त प्रस्तुतिमा बिभिन्न राज्यबाट आएका खेलाडिहरुले कर्तल ध्वनि को साथ उनलाई हौशला दिएका थिए l उनले आफ्ना सवै प्रस्तुति गरि पछी ठकुरीलाई  कुरो बुशि  मार्शल आर्ट  संगठनका संस्थापक अध्यक्ष ग्रान्ड मास्टर एर्नेस्ट दुकेशले वर्ल्ड  च्याम्पियनशिप पेटी तथा सम्मान पत्र प्रदान गरेका थिए l

अमेरिकामा उनलाई संघ/संस्थाले अधिकांशले सम्मान गर्दछन भने नेपाली अहिलेसम्म ठकुरीले अमेरिकाको बिभिन्न राज्यहरुमा मार्शल आर्ट खेल तथा प्रस्तुति गरि १५ वटा स्वर्ण पदक, वर्ल्ड टाइटल् बेल्ट, प्रमाणपत्र तथा थुप्रै पुरस्कारहरु जिति सकेका छन l 

काठमाडौं निवासि ठकुरी बिगत डेढ दशक देखि डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका छन्  l 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

७ माघ, काठमाडौँ । अष्ट्रेलियामा हुने आईसीसी टि-२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी