back

बहत्तर सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्दै बुद्ध एयर

वि.सं.२०८१ असार ९ आइतवार

429 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

चितवन । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ-भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।

बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । गत साता श्री एयरले काठमाण्डौँ-भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ । बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ ।

धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए । बस्नेतका अनुसार जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ । अहिले बुद्धको एटिआर-४२ जहाज काठमाडौँ र पोखरा सञ्चालन हुँदै आएका छन् । काठमाडौँ-भरतपुर दैनिक नौवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।

अब सञ्चालन गर्न लागिएको जहाज एटिआर-७२ हो । बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ । अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ ।

साना जहाज उडान हुँदा एकतर्फी भाडा रु चार हजार सात सय भन्दा बढी छ । ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ ।
फाइल फोटो

वि.सं.२०८१ असार ९ आइतवार १५:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

पहिराेले देवीघाट-गल्छी सडक अवरुद्ध, सडक खुलाउन प्रयास जारी

त्रिशूली (नुवाकोट) । अविरल वर्षासँगै खसेको पहिराले गल्छी-रसुवागढी सडक योजनाअन्तर्गतको...

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

आज सपथ लिँदै बागमतीका नवनियुक्त मुख्यमन्त्री लामा

काठमाडौं । बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज शपथ...

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

कर्णालीसहित पाँच प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

नेपालको सहज लक्ष्यप्राप्तिमा इजिप्टले सघाउने

काठमाडौँ । नेपालका लागि अरब गणतन्त्र इजिप्टका राजदूत नोहा एलगेब्लीले...

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

एम्बुलेन्समा अब एउटै रङ, साइरन र अन्य सङ्केत एउटै हुनुपर्ने

काठमाडौँ । सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा...

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

डेङ्गुबाट कसैले पनि ज्यान गुमाउनु नपर्ने स्वास्थ्यमन्त्रीको भनाई

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गुबाट कसैले पनि...