back

दक्षिणी मेक्सिकोमा एक साताभित्र दुई नगर प्रमुखको हत्या

वि.सं.२०८१ असार ९ आइतवार

333 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

चिल्पानसिन्गो, मेक्सिको । दक्षिणी मेक्सिकोका एक नगरप्रमुखको हत्या भएको एक हप्ताभन्दा कम समयमा अर्का नगरप्रमुखको पनि हत्या भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

गत जुन २ मा गुएरेरो राज्यका अर्का मेयर साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकबाट प्रतिनिधित्व गर्ने अकासियो फ्लोरेसको हत्या भएको हो ।मालिनाल्टेपेकमा एक भ्यानको पछाडि टाउकोको पछाडिको भागमा गोली लागेको अवस्थामा फ्लोरेसको शव फेला परेको एक मानवअधिकार अभियानकर्मीले एएफपीलाई बताए ।

आदिवासी समुदायमा गएका समय बिहीबार पक्राउ परेपछि अधिकारकर्मी ती नेतालाई रिहा गर्न वार्तामा जुटेका थिए ।गुरेरोका सरकारी अभियोजकले हत्याको अनुसन्धान सुरु गरिएको र सम्भावित जग्गाको स्वामित्व विवादलाई पनि अनुसन्धानको हिस्सा बनाइएको बताएका छन् ।

गत सेप्टेम्बरमा मेक्सिकोको चुनावी अभियान सुरु भएयता करिब ३० जना राजनीतिक उम्मेदवारको हत्या भइसकेको गैरसरकारी संस्था डाटा सिभिकाले जनाएको छ ।मेक्सिकोको प्रशान्त महासागरीय तटमा रहेको लागुऔषध ओसारपसार र हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यमध्ये एक गुरेरोमा सन् २०२३ मा एक हजार ८९० जनाको हत्या भएको थियो । (रासस÷एएफपी)

वि.सं.२०८१ असार ९ आइतवार २०:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
लोकतन्त्रका लागि गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

लोकतन्त्रका लागि गोली खाएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

  ग्रयाण्ड ¥यापिड्स, संयुक्त राज्य अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति...

बङ्गलादेशमा विद्यार्थी आन्दोलन : रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार सुनुवाई गर्ने

बङ्गलादेशमा विद्यार्थी आन्दोलन : रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार सुनुवाई गर्ने

ढाका । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा...

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकाे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेकाे’ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको भनाइ

ग्रयाण्ड र्‍यापिड्स, संयुक्त राज्य अमेरिका । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड...

बङ्गलादेशमा बढ्दो विद्यार्थी आन्दोलन : प्रधानमन्त्री शासनका लागि गम्भीर चुनौती

बङ्गलादेशमा बढ्दो विद्यार्थी आन्दोलन : प्रधानमन्त्री शासनका लागि गम्भीर चुनौती

ढाका । बढ्दो विद्यार्थी आन्दोलनका साताहरू बङ्गलादेशको स्मृतिमा सबैभन्दा खराब...

जासुसी गरेको आरोपमा रुसमा अमेरिकी पत्रकारलाई १६ वर्षको कारागार सजाय

जासुसी गरेको आरोपमा रुसमा अमेरिकी पत्रकारलाई १६ वर्षको कारागार सजाय

येकातेरिनबर्ग (रुस) । अमेरिकी संवाददाता इभान गेर्शकोभिचलाई शुक्रबार रुसको एक...

हाइटीमा आप्रवासी बोकेको डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु

हाइटीमा आप्रवासी बोकेको डुङ्गामा आगलागी हुँदा ४० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा...