back

स्वास्थ्य बिमा दर्ता सहयोगीको प्रोत्साहन भत्ता कर वृद्धि नगर्न माग

वि.सं.२०८१ असार ११ मंगलवार

351 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra
काठमाडौँ । प्रतिनिधि सभाको मङ्गलवार भएको बैठकमा सांसद रुक्मिणी राना बराइलीले स्वास्थ्य बिमा दर्ता सहयोगीले पाउँदै आएको प्रोत्साहन भत्ता एक प्रतिशत नै कर कट्टी कायम गर्न आग्रह गरेकी छन् ।
‘नेपालको संविधान २०७२ को मौलिक हक र अधिकारको धारा ३५ मा स्वास्थ्यको हक कायम रहने छ भन्ने उल्लेख छ । नेपालमा स्वास्थ्य बिमा कार्यक्रम २०७२ चैत्रबाट सुरु भई हाल ७७ वटा जिल्लामा लागु छ ।’ उनले भनिन् ।
‘नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले लागु गरेको दर्ता सहयोगीले प्राप्त गर्ने प्रोत्साहन भत्तामा नेपाल सरकारले तोकेको निश्चित रकममा १० प्रतिशत पाउने गरी व्यवस्था गरिएको छ ।’ सांसद बराइलीले थपिन्, ‘दश प्रतिशत प्राप्त गरेको मध्ये एक प्रतिशत कर कट्टी हुने गरी काम भएकोमा आर्थिक वर्ष २०७९÷८० देखि १५ प्रतिशत कर कट्टी हुने गरेको छ ।’
उनले दर्ता सहयोगीको प्रोत्साहन भत्तामा रक कट्टी वृद्धि गर्दा आठ हजार बढी दर्ता सहयोगीलाई अन्याय भएको बताइन् । सांसद बराइलीले दर्ता सहयोगीको अन्य आय नभएकाले एक प्रतिशत नै कर कट्टी हुने गरी व्यवस्था मिलाउन अर्थमन्त्रीलाई आग्रह गरेकी छन् ।

वि.सं.२०८१ असार ११ मंगलवार १२:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
दश निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा लागू

दश निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा लागू

काठमाडौँ । दश वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम...

पर्वतमा एचआइभी सङ्क्रमितको संख्या बढ्दै

पर्वतमा एचआइभी सङ्क्रमितको संख्या बढ्दै

पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन...

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने...

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

रामपुर (पाल्पा) । पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको...

भरतपुर अस्पतालले सुरु गर्यो एमआरआई सेवा

भरतपुर अस्पतालले सुरु गर्यो एमआरआई सेवा

चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ...

बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा

बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार...