धनसिंह गिरी, दाङ
तिमीलाई नै खुद हुँ छानेको मैले
छु तिम्रा गुन सारा बखानेको मैले
मलाई जब राजा भनेरै बोलायौ
तिमीलाई रानी छु मानेको मैले
तिमी जे जे माग्छ्यौ म गर्ने छु पूरा
रहर छन् जे तिम्रा छु जानेको मैले
भरोसामा तिम्रै छु जीवन गुजार्दै
यसैले छु सर्वस्व ठानेको मैले
तिमी सङ्ग बोल्ने मिल्यो जुन यो अवसर
यो मौकामा चौका छु हानेको मैले
बहरः अनुराग
वजनः १२२२ /२२ /१२२२ / २२
अर्कान : मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
काफिया : आ
तहलिली रदिफ : नेको
रदिफ मैले ।
वि.सं.२०८१ असार १५ शनिवार ०८:१३ मा प्रकाशित