back

भारत बन्यो आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन

वि.सं.२०८१ असार १६ आइतवार

345 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि-२० विश्वकपको उपाधि जितेको थियो ।

वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए ।

भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहीले कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए ।

वि.सं.२०८१ असार १६ आइतवार ०८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
एसिसी महिला एसिया कप क्रिकेटः नेपालले युएईलाई हरायो

एसिसी महिला एसिया कप क्रिकेटः नेपालले युएईलाई हरायो

काठमाडौँ । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत...

राष्ट्रपतिले गरे ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई बिदाइ

राष्ट्रपतिले गरे ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई बिदाइ

काठमाडौं । ३३औँ गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने...

गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

काडमाडौँ । मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको...

चन्दा जुटाएर खेलमैदान निर्माण

चन्दा जुटाएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण...

रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

नयाँदिल्ली । रोहित शर्माको टिमले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको...

टि ट्वान्टी विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

टि ट्वान्टी विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको...