back

कैलालीमा रगत अभाव

वि.सं.२०८१ असार १६ आइतवार

393 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

गोदावरी (कैलाली) । धनगढीस्थित नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा रगतको मौज्दात घट्दै गएको छ ।

उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ ।

पछिल्लोपटक जिल्लामा रक्तदान कार्यक्रम पनि कम हुन थालेका छन् । हरेक वर्ष गर्मीयाममा रगत अभाव हुने गरेको प्रमुख पन्तले बताए । ‘रक्त सञ्चार केन्द्रका अनुसार ‘ए पोजेटिभ’ समूहको रगतको अभाव तुलनात्मक रूपमा बढी देखिएको छ । कतिपय समूहको रगत बिरामीका आफन्तले चाहेका बेला पाउने अवस्था छैन’, उनले भने, ‘हामीले रक्तदाता खोजेर भए दिने प्रयास गर्दै आए पनि सहज रूपमा रगत पाउन ढिला हुन्छ ।’

समयमै रगत नपाउँदा कतिपय बिरामीको शल्यक्रियामा विलम्ब भएको छ । केन्द्रबाट दैनिक ५० देखि ६० युनिट रगत खपत हुँदै आएको छ ।

 

वि.सं.२०८१ असार १६ आइतवार ११:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
दश निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा लागू

दश निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा लागू

काठमाडौँ । दश वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम...

पर्वतमा एचआइभी सङ्क्रमितको संख्या बढ्दै

पर्वतमा एचआइभी सङ्क्रमितको संख्या बढ्दै

पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन...

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने...

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

रामपुर (पाल्पा) । पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको...

भरतपुर अस्पतालले सुरु गर्यो एमआरआई सेवा

भरतपुर अस्पतालले सुरु गर्यो एमआरआई सेवा

चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ...

बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा

बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार...