back

पहिरो खस्दा गाईघाट-दिक्तेल सडक अवरुद्ध

वि.सं.२०८१ असार १६ आइतवार

576 

shares
NTC AD

उदयपुर । त्रियुगा नगरपालिका-१४ स्थित साउनेको हाडेथुम्कास्थित गाईघाट-दिक्तेल सडक गएराति खसेको पहिरोका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

त्रियुगा-१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट-दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो । सडक अवरुद्ध हुँदा सदरमुकाम गाईघाट भएर खोटाङको दिक्तेललगायत पहाडी क्षेत्रतर्फ हिँडेका सवारी साधन रोकिएका छन् ।

यस्तै, खोटाङबाट उदयपुरको गाईघाट हुँदै विराटनगर, धरान, इलाम धनकुट्टा हिँडेका सवारी साधन पनि बिहानदेखि सडक अवरुद्ध भएपछि रोकिएका छन् । उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले अहिले अवरुद्ध सडक खुलाउनका लागि गाईघाट-दिक्तेल सडक कार्यालय र त्रियुगा नगरपालिकासँग समन्वय गर्ने कार्य भइरहेको बताए ।

नगर प्रमुख वसन्त बस्नेतका अनुसार पहिरो खसेको खबर पाउने बित्तिकै नगरपालिकाका प्राविधिक र डोजर अवरुद्ध सडक खुलाउन त्यसतर्फ परिचालन गरिसकिएको छ । आज बिहान ४ बजेतिर पहिरो खसेर सडक अवरुद्ध भएको स्थानीय ज्ञानेन्द्र मगरले बताए ।
रासस /फाइल फोटो

वि.सं.२०८१ असार १६ आइतवार १२:१८ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...