back

महानगरको निर्देशन पालना गर्न आनाकानी गर्दै निजी अस्पताल

वि.सं.२०८१ असार १६ आइतवार

363 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करिब एक महिना अघि निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालन गर्न दिएको निर्देशन पालनामा अस्पतालहरुले आनाकानी गरेका छन् ।

महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो । उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनैपनि अस्पताल महानगरको स्वस्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन् ।

महर्जनका अनुसार केही अस्पतालले भने आफ्नै फर्मेसी सञ्चालनका लागि कामपाले दिएको समय सीमा अपुग भएको भन्दै आगामी साउनदेखि सुरु गर्ने जानकारी गराएका छन् ।

अस्पताले नै फार्मेसी सञ्चालन गर्दा बिरामीहरुलाई उचित मूल्यमा सही औषधी प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ । हाल ५२ अस्पतालमध्ये १६ अस्पतालले मात्रै आफ्नो फार्मेसी सञ्चालन गरेका छन् ।

त्यसैगरी अस्पताल एक व्यक्तिका नाममा र फार्मेसी अर्को व्यक्तिका नाममा सञ्चालन भएका अस्पालहरुको सङ्ख्या २८ छ । अन्य बाँकी केहीले फार्मेसीनै सञ्चालन गरेका छैनन् ।

महानगरले गत जेठ २३ गते सार्वजनिक सूचना जारी गर्दै अस्पतालहरुलाई १५ दिनभित्र अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको थियो ।

अस्पतालहरुले अन्य व्यक्तिहरुलाई औषधि पसल सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरु गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको भन्दै महानगरले सम्बन्धित अस्पताललाई नै फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो ।

महानगरले २०७४ सालमा सर्वोच्च अदालतले अस्पताललाई आफ्नो स्वामित्वमा अनिवार्यरुपमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने भनेर गरेको आदेशको पनि स्मरण गराएको छ ।
रासस

वि.सं.२०८१ असार १६ आइतवार १४:२८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
दश निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा लागू

दश निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा लागू

काठमाडौँ । दश वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम...

पर्वतमा एचआइभी सङ्क्रमितको संख्या बढ्दै

पर्वतमा एचआइभी सङ्क्रमितको संख्या बढ्दै

पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन...

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने...

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

रामपुर (पाल्पा) । पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको...

भरतपुर अस्पतालले सुरु गर्यो एमआरआई सेवा

भरतपुर अस्पतालले सुरु गर्यो एमआरआई सेवा

चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ...

बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा

बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार...