back

रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

वि.सं.२०८१ असार १६ आइतवार

516 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

नयाँदिल्ली । रोहित शर्माको टिमले दक्षिण अफ्रिकालाई हराउँदै टी–२० विश्वकपको उपाधि जितेको छ । सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जित निकाल्दै शनिबार रातिको खेलमा उपाधि जितेको हो ।

जीतपछि भारतको नीलो जर्सी लगाएका समर्थक खुशीको आँसु झार्दै फाइनल खेल भएको खेलमैदानमा नाचेका दृष्य मनमोहक देखिन्थे ।

भारतले पछिल्लो पटक सन् २०११ मा घरेलु मैदानमा महेन्द्र सिंह (एमएस) धोनीको कप्तानीमा विश्वकप जितेको थियो । धोनीले सन् २००७ मा पहिलो संस्करणमा टिमलाई टी–२० विश्वकपको ट्रफी दिलाएका थिए ।

स्टार ब्याट्सम्यान विराट कोहलीले ५९ बलमा ७६ रन गर्दै भारतलाई ७ विकेटको क्षतिमा १७६ रनमा समेटेका थिए ।बेल्जियमबाट दिल्ली भ्रमणमा रहेका ३४ वर्षीय सफ्टवेयर व्यवसायी अभिषेक भगतले एएफपीसँग भने, “यो विश्वबाहिरको अनुभूति हो ।” “मैले सन् २००७ मा बाल्यकालमा यो अनुभव गरेको थिएँ । त्यसपछि सन् २०११ मा र अहिले फेरि सन् २०२४ मा पनि भारतले जितेको छ । यो लामो प्रतिक्षापछिको जीत हो ।”

शनिबारको खेलमा आफ्नो म्यान अफ द म्याच उपाधि जितेका ३५ वर्षीय कोहलीले भाषणमा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा गरेका छन् । कप्तान रोहितले पनि कोहलीको घोषणालगत्तै भारतका लागि टी–२० म्याचबाट सन्यास लिने घोषणा गरेका छन् ।

पहिलो पटक विश्वकपको फाइनल खेलेको दक्षिण अफ्रिकालाई अन्तिम पाँच ओभरमा ३० रन चाहिएको अवस्थामा लक्ष्य भेट्टाउन तयार देखिए पनि भारतीय बलरले उपाधिका लागि खेललाई आफ्नो पकडमा राख्न सफल भएका थिए ।

गुयानामा भएको सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको थियो ।रोहित सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमा भारतका लागि खेलेका थिए भने कोहलीले सन् २०११ मा धोनीको कप्तानीमा एकदिवसीय विश्वकप उपाधि भारतले जितेको थियो ।

त्यसको दुई वर्षपछि धोनीको टिमले ५० ओभरको च्याम्पियन्स ट्रफीको फाइनलमा आयोजक इङ्ग्ल्यान्डलाई हराएको थियो तर प्रशंसकले अर्को ठूलो उपाधिका लागि ११ वर्ष कुर्नुपरेको थियो ।
भारत सन् २०१९ को एकदिवसीय विश्वकप र सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा पराजित भएको थियो । (रासस/एएफपी)

वि.सं.२०८१ असार १६ आइतवार २०:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
एसिसी महिला एसिया कप क्रिकेटः नेपालले युएईलाई हरायो

एसिसी महिला एसिया कप क्रिकेटः नेपालले युएईलाई हरायो

काठमाडौँ । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत...

राष्ट्रपतिले गरे ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई बिदाइ

राष्ट्रपतिले गरे ओलम्पिक खेल्ने खेलाडी र प्रशिक्षकलाई बिदाइ

काठमाडौं । ३३औँ गृष्मकालीन पेरिस ओलम्पिक २०२४ मा सहभागी हुने...

गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

गुणराज रुचालः मुवा थाईको विश्वविजेताको कथा

काडमाडौँ । मुक्कामुक्की र लात्ती हानाहान । कुहिना र घुँडाको...

चन्दा जुटाएर खेलमैदान निर्माण

चन्दा जुटाएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण...

भारत बन्यो आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन

भारत बन्यो आइसिसी टि-२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन

काठमाडौँ । दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि-२०...

टि ट्वान्टी विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

टि ट्वान्टी विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै दक्षिणअफ्रिका फाइनमा

काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिणअफ्रिका टि ट्वान्टी विश्वकप क्रिकेटको...