back

खुकुरी प्रहार गरी एक युवकको हत्या

वि.सं.२०७४ जेठ १ सोमवार

570 

shares

१ जेठ, ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । फुङ्लिङ नगरपालिका–१० फुरुम्बु घर भएका वर्ष २६ का टाईगर भनिने सबाहाङ तवेबुङ लिम्बूको खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।
प्रहरीका अनुसार सदरमुकामस्थित कफी हाउस लाइनमा साँझ करिब ७ः३० बजे सबाहाङ माथि दुई /तीन जनाको समूहद्वारा खुकुरी प्रहार भएको थियो । पेटमा गहिरो चोट लागेका उनलाई उपचारका लागि जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको बताइएको छ ।
घटनामा संलग्न फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका सुमन लिम्बू घटनास्थलबाटै पक्राउ परेका छन् भने घटनामा संलग्न रहेका अन्य फरार रहेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।
उहाँका अनुसार प्रारम्भिक अनुसन्धानबाट तीन/चारजनाको संलग्नता रहेको पाइएको छ । मृतक तवेबुङ सदरमुकाममा नै डेरा गरी बस्दै आएका थिए ।

वि.सं.२०७४ जेठ १ सोमवार ०१:४७ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...