Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

 व्यापारिक क्षेत्र सुनसान



banda१ जेठ, काठमाडौं । मतदाता परिचयपत्र लागु भएपछि एउटै मतदाताले धेरै ठाउँमा पुगेर मत हाल्ने सम्भावना कम भएको छ । यसअघि धेरै ठाउँमा पुगेर भोट हाल्ने सम्भावना थियो । उमेर नपुगेका बच्चाले पनि अरुको नाममा भोट हालेको भेटिन्थ्यो , त्यो पनि रोकिँदै गइरहेको छ । तर, पनि सवारी चलाउन निषेध गर्ने परम्परा भने यथावत रह्यो ।
क्तिपय मुलुकमा निर्वाचनको दिन सार्वजनिक विदा पनि हुँदैन । अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, थाइल्याण्ड लगायत मुलकुमा सवारी निर्वाध चल्छन् । मतदाता आफै समय निकालेर भोट हाल्न जान्छन् । निर्वाचनको समयमा पनि व्यापार, व्यवसाय निर्वाध रुपमा चलिरहेको हुन्छ । निजी क्षेत्रमा चुनावी असर पर्दैन् । तर नेपालमा मतदाता परिचयपत्र लागू गरेपछि पनि सवारी निषेधले निरन्तर पाउँदा आइतबार व्यसायीक क्षेत्र ठप्प बन्यो ।
सधै व्यस्त रहने व्यापारिक केन्द्र न्युरोड सुनसान भयो । मान्छेको भीड पन्छाउँदै हिड्नुपर्ने न्युरोडमा व्यापारीलाई ग्राहकको सेवा गर्न भ्याइ नभ्याइ हुन्थ्यो । चुनावको दिन अधिकांश पसल बन्द थिए । सदाँ झैं किनमेल गर्ने मानिसको भीड पनि थिएन । असन, इन्द्रचोक, भोटाहिटीका पसल पनि बन्द देखिन्थे । सवारी सञ्चालनमा कठिनाई हुँदा व्यवसाय ठप्प भइदियो । आजको अन्नपूर्ण पोस्ट दैनिकबाट ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले