back

निर्वाचन छिटफुट घटनाबाहेक शान्तिपूर्ण तबरमा सम्पन्न – इओसी नेपाल

वि.सं.२०७४ जेठ १ सोमवार

381 

shares
IME Limited
NTC AD

eoc-nepal
१ जेठ, वैशाख । निर्वाचन पर्यवेक्षण समिति(इओसी) नेपालले आइतबार भएको स्थानीय तहको पहिलो चरणको निर्वाचन शान्तिपूर्ण तबरमा सम्पन्न भएको जनाएको छ । संस्थाका अध्यक्ष प्रदिप पोखेलद्वारा जारी प्रेश विज्ञप्तीमा केही छिटफुट घटनाहरु बाहेक आमरुपमा सामान्यत शान्तिपूर्ण तबरमा सम्पन्न भएको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ “२०७४ वैशाख ३१ गते विहान ७ बजेदेखि बेलुकी ५बजेसम्म सम्पन्न भएको स्थानिय तहको पहिलो चरणको ३४ जिल्लाको २८३ मतदान केन्द्रमा निर्वाचन केही छिटपुट घटनाहरु बाहेक आमरुपमा सामान्य तबरमा र शान्तिपूर्ण तवरले सम्पन्न भएको पाईयो ।”

निर्वाचनमा विशेष गरि महिला र यूवा जमातकोे उत्साहप्रद सहभागिता रहेको र निर्वाचन स्थलमा खटिएका निर्वाचन आयोगका कर्मचारीहरु, सुरक्षा निकायका कर्मचारीहरुको भुमिका सहृदयी र सहयोगि भएको आम मतदाताहरुले अनुभुति गरेको पाईएको उल्लेख छ । देशका केही स्थानमा भएका बम विष्पोटका घटना तथा निर्वाचनमा भाग लिने दलहरुबीचमा भएका झडपको घटनाले भने विगतका निर्वाचनहरुमाझै निरन्तरता पाएको महशुस गरिएको भन्दै जसलाई सामान्य घटनाको रुपमा वा पाठ सिकाईको रुपमा लिन सकिने बताइएको छ । शान्ति शुरक्षाको व्यवस्था तथा निर्वाचनको तयारी र व्यवस्थापन पनि सन्तोषजन रहेको विज्ञप्तीमा उल्लेख छ ।

स्थानिय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा राजनैतिक दलहरु, नेपाल सरकार, निर्वाचन आयोग, संचार जगत, शान्ति सुरक्षामा खटिएका चारै निकायका सुरक्षकर्मीहरु, नागरिक समाज, निर्वाचनको पर्यवेक्षणमा संलग्न भएका पर्यवेक्षकहरु तथा आममतदाताहरुमा इओसी नेपालले धन्यवाद व्यक्त गरेको छ ।

वि.सं.२०७४ जेठ १ सोमवार ०२:४५ मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...