back

पालिकाद्वारा किसानलाई बाख्रा वितरण

वि.सं.२०८१ असार १९ बुधवार

441 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

गोदावरी (कैलाली) । कैलालीको चुरे गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा एक सय १२ किसानलाई खरी जातका बाख्रा वितरण गरेको छ । गाउँपालिकाले न्यून आयस्रोत भएका विपन्न, गरिब, असहाय र बाढीपीडित परिवारलाई प्राथामिकतामा राखेर बाख्रा वितरण गरेको हो ।

चुरे गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख धर्मराज भट्टका अनुसार चुरे–३ मा ५०, वडा नं ४ मा १४, वडा नं ५ मा १२, वडा नं ६ मा २६ र वडा नं ३ मा १० परिवारलाई बाख्रा वितरण गरिएको छ । पचहत्तर प्रतिशत गाउँपालिका र २५ प्रतिशत किसान स्वयंले व्यहोर्ने गरी प्रत्येक परिवारलाई अनुदानमा एक/एकवटा बाख्रा वितरण गरिएको हो । “विदेश जानुभन्दा गाउँमै पशुपालन र कृषि क्षेत्रमा लाग्न अभिप्रेरित गर्न किसान लक्षित अनुदानका कार्यक्रम बर्सेनि बढाउँदै लगिने छ”, उनले भने ।

यसैगरी चुरे–५ मा प्रदेश सरकारको ५० प्रतिशत सशर्त अनुदानबाट रु पाँच लाखको लागतमा खोर सुधार कार्यक्रम अन्तर्गत खोर निर्माण गरिएको छ । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा रु आठ लाखमा १६ बाख्रा नुहाउने ट्याङ्की निर्माण गरिनुका साथै र रु आठ लाखमा बोकालाई खसी बनाउने मेसिन किसानलाई वितरण गरेको पशु शाखाले जनाएको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८१ असार १९ बुधवार १३:१० मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित

बाढी र पहिरोका कारण ४८ घर परिवार विस्थापित

त्रिवेणी (रुकुम पश्चिम) । रुकुमपश्चिममा बाढीपहिरोका कारण हालसम्म ४८ घर...

बाढीबाट विद्यालय भवन जोगाउनै सकस

बाढीबाट विद्यालय भवन जोगाउनै सकस

कञ्चनपुर । बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई...

खोलाले बगाउँदा एक जनाको मृत्यु

खोलाले बगाउँदा एक जनाको मृत्यु

त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा...

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै लेखापाल चौधरी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक...

कोरोनादेखि बन्द भएको तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

कोरोनादेखि बन्द भएको तिङ्करनाका खुलेसँगै व्यापारीको चहलपहल बढ्यो

दार्चुला । नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर...

बाढीपहिरोको उच्च जोखिममा बैतडीका छ स्थानीय तह

बाढीपहिरोको उच्च जोखिममा बैतडीका छ स्थानीय तह

बैतडी । बैतडीका छ स्थानीय तह बाढीपहिराको उच्च जोखिममा रहेका...