back
CTIZAN AD

आज र भोली राति नौबिसे नागढुङ्गा सडक बन्द हुने

वि.सं.२०८१ असार १९ बुधवार

1.2K 

shares

मलेखु (धादिङ) । नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ ।

त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।

दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए । “पुलको आरसिसी विम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्नुपर्नेछ”, इञ्जिनियर रिजालले भने, “नयाँ पुलमा का गर्ने भए पनि पुरानो पुलसँगै रहेकाले आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो ।”

हेभी इक्पिमेन्टको प्रयोग भइरहँदा सवारीसाधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्ण रुपमा रोकिने छ । चालकलाई आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न सूचना जारी गरिएको पनि उनले बताए ।

उक्त समयमा दुईपाङ्ग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के शीतापाइला सडक प्रयोग गर्न सक्नेछन् ।

file photo

 

वि.सं.२०८१ असार १९ बुधवार २०:५९ मा प्रकाशित

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

सबै क्षेत्रमा मतगणना सुरु, बेलुकीसम्म सबै क्षेत्रको मत परिणाम आइसक्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो...

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र संयुक्त अरब इमिरेट्स (युएई)का...

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन–३ मा ५९ हजार बढी मतसहित रास्वपाकी गौतम विजयी

चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा...

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ बाट रास्वपाका डा स्वर्णिम वाग्ले विजयी

दमौली (तनहुँ) । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ निर्वाचन क्षेत्र नम्बर...

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा–३ र ४ मा रास्वपाका साह र अन्सारी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा...

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

एमालेलाई हराउँदै डोटीमा नेपाली कांग्रेस विजयी

डोटी । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नेपाली कांग्रेसका उम्मेदवार...