back

कराँते खेलाडी राईलाई पुन स्वर्ण

वि.सं.२०७४ जेठ १ सोमवार

144 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

karna-bahadur-rai

गत मे ६ मा सम्पन्न १४ औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो कराते प्रतियोगितामा स्वर्ण जितेका पदकधारी कर्ण बहादुर राईले मे १४ मा पुन स्वर्ण पदक जितेका छन् । मे १३ र १४ मा क्वालालम्पुरको ब्याडमिन्ट हल चेरासमा सम्पन्न १८ औँ मिलो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपालको तर्फबाट ८४ केजी भन्दा कम तौलमा राइले फेरि स्वर्ण पदक जितेका हुन् ।

karate-khaladi-rai

राईले पहिलो राउन्डमा इन्डोनेशियालाई,  दोस्रो राउन्डमा फिलिपिन्सलाई, सेमिफाइनलमा सिङापुरको राष्ट्रिय खेलाडीलाई हराउदै फाइनलमा मलेशियालाई पाखा लगाउदै स्वर्ण पदक हात पारेका हुन ।

यसैगरि नेपालबाट आउनु भएका राष्ट्रिय खेलाडी साथै लैनचौर सितोरियो कराते डोजोका खेलाडी सुनित घर्ती मगरले विलो ७५ केजी कममा कास्य पदक जितेकी छन ।

नेपाली प्रवासी सितोरियो कराते बाट गणेश तामाङले ५५ केजी कममा कास्य पदक प्राप्त गरेका छन। नेपालको तर्फबाट रेफ्रीहरुमा प्रवसी सितोरियो कराते सङका अध्यक्ष तथा एसियन रेफ्री योगेन्द्र कोइराला, अन्तरास्ट्रिय रेफ्री राम तामाङ, हरिलाल थापा मगर र दिपक बोहरा थिए। नेपालको तर्फबाट अफिसियलमा अनित न्यौपाने हुनुहुन्थ्यो भने टिम कोचमा ज्ञानु मगर हुनुहुन्थ्यो । नेपाली प्रवसी सितोरियो करातेको तर्फबाट अफिसियलमा नर्बु तामाङ हुनुहुन्थ्यो भने टिम कोचमा लक्ष्मी क्षेत्री हुनुहुन्थ्यो।

सहभागी देशहरूमा इन्डोनेशिया, फिलिपिन्स, नेपाल, सिङापुर, उज्वेकिस्तान, मलेशिया, बङलादेश, ईन्डिया र सिरिया थियो भने सबैभन्दा बढी मेडल जितेर मलेशिया प्रथम भएको थियो।

वि.सं.२०७४ जेठ १ सोमवार ०४:११ मा प्रकाशित

नेपाली जनप्रगतिशील मञ्च कतारको अध्यक्षमा राजेन्द्र देवकोटा

नेपाली जनप्रगतिशील मञ्च कतारको अध्यक्षमा राजेन्द्र देवकोटा

काठमाडौं । नेपाली जनप्रगतिशील मञ्च कतारको छैटौँ महाधिवेशनले राजेन्द्र देवकोटाको...

सरकारद्वारा विभिन्न देशमा  २९ जनालाई पर्यटनदूत नियुक्त (सूचीसहित)

सरकारद्वारा विभिन्न देशमा २९ जनालाई पर्यटनदूत नियुक्त (सूचीसहित)

काठमाडौं । सकारले विभिन्न देशमा रहेका नेपालीहरुलाई पर्यटन दूतका रुपमा...

प्रेस सेन्टरको प्रवास समिती गठन, अध्यक्षमा हरि नेपाली चयन

प्रेस सेन्टरको प्रवास समिती गठन, अध्यक्षमा हरि नेपाली चयन

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रवासी पत्रकारको अध्यक्षमा हरि...

Annual Losar Celebration Draws Crowds in Queens, New York

Annual Losar Celebration Draws Crowds in Queens, New York

Woodside, Queens ,On February - the Tibetan Community Hall in Woodside,...

एनआरएनए केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

नैरोबि, केन्या । गैरआवासीय नेपाली संघ केन्याको आयोजनामा रक्तदान कार्यक्रम...

नेपाली जनप्रगतिशील मन्च बेलायतको अध्यक्षमा विमला लिम्बु

नेपाली जनप्रगतिशील मन्च बेलायतको अध्यक्षमा विमला लिम्बु

काठमाडौं । नेपाली जनप्रगतिशील मन्च बेलायतको पाँचौ अधिबेशनले अध्यक्षमा बिमला...