back

प्लास्टिकमा आन्द्रा बोकेर हिँड््ने राईले नयाँ जीवन पाए

वि.सं.२०७४ जेठ १ सोमवार

501 

shares
IME Limited
NTC AD

alsar-birami

१ जेठ,पथरी (मोरङ)  । खर्च अभावमा उपचार नपाएर शरीर बाहिर निस्किएको आन्द्रा प्लास्टिकमा बेरेर हिँडेका मोरङ मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईको नोबेल अस्पतालमा निःशुल्क उपचार गरेपछि नयाँ जीवन पाउनु भएको छ ।

४० वर्षीय राईले उपचारका लागि आवश्यक रकमको अभावमा उपचार गर्न नपाएको विषयलाई राससले समाचार प्रकाशित गरेको थियो । राससले ‘आर्थिक अभावमा प्लास्टिकको झोलामा आन्द्रा बोकेर हिँड्न बाध्य’ शीषकको समाचार चैत अन्तिम साता प्रकाशित गरेको थियो । सो समाचार विभिन्न सञ्चार माध्यममा आएपछि नोबेल अस्पतालले राईको निःशुल्क उपचार गरेको हो । एक महिना १३ दिन लगाएर गरिएको उपचार सफल भएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताउनुभयो ।

अल्सर भएर डेढ वर्षअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उहाँको शल्यक्रिया भएको थियो । प्लास्टिकको पोकोमा आफ्नो आन्द्रा बोकेर हिँड्ने राईले उपचार पाएसँगै नयाँ जीवन पाएको बताउनुभयो । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षीय राईको उपचारका लागि बिपीले शल्यक्रिया गरेपछि छ महिनामा बोलाएको थियो । तर, खर्च अभावले राईले १५ महिनादेखि शरीर बाहिर आन्द्रा लिएर हिँड्न बाध्य हुनुहुन्थो ।

नोबेल अस्पतालका वरिष्ठ जेनेरल सर्जन डाक्टर जेएन भगवतीको टोलीले उक्त उपचार गरेको हो । “लामो समयसम्म उपचार नहुँदा बिरामीको पेटभित्र प्रोल्याप्स (थुपै्र घाउ) भएको थियो,” उपचारमा संलग्न जेनेरल सर्जन डाक्टर सुनित अग्रवालले भन्नुभयो, “बिग्रेको भागको आन्द्रा काटेर फालियो र बिरामीलाई निको बनाइयो । रासस

वि.सं.२०७४ जेठ १ सोमवार ०५:२० मा प्रकाशित

आज थप चार प्रदेशमा फैलियो मनसुन

आज थप चार प्रदेशमा फैलियो मनसुन

काठमाडौं । नेपालमा १५ दिन अगावै भित्रिएर रोकिएको मनसुन आज...

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

आयोगद्वारा अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्यबत्ती...

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

बढ्दो तापक्रमले ल्याउने जोखिमबारे गम्भीर हुन आग्रह

काठमाडौं । विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन...

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर बालकको मृत्यु

बागमती । वर्षासँगै आज चट्याङ लागेर मकवानपुरमा एक बालकको मृत्यु...

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

कैलालीका १८ स्थानमा जलमापन केन्द्र स्थापना

गोदावरी (कैलाली) । कैलालीमा १८ स्थानमा जलमापन केन्द्र र २२...

कौरा संरक्षण गर्न प्रतियोगिता

कौरा संरक्षण गर्न प्रतियोगिता

दमौली (तनहुँ) । जिल्लाको भिमाद नगरपालिका–१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका...