Logo
२ माघ २०७८, आईतवार
     Sun Jan 16 2022
E-paper
  English Edition
   Unicode
Logo

मेरो देशको जग बलियो बनोस



रेनुका कार्की इरौटार इलाम हाल : कतार उपाध्यक्ष, इलाम सेवा समाज कतार
रेनुका कार्की इरौटार इलाम हाल : कतार उपाध्यक्ष, इलाम सेवा समाज कतार
रेनुका कार्की इरौटार इलाम हाल : कतार
उपाध्यक्ष, इलाम सेवा समाज कतार

आफ्ना साना नानि आफन्त परिवारलाइ टिलपिल आँसु आँखामा लुकाउदै झिसमिसे उज्यालो मै आफ्नो परिवारको सुखी भविष्यको खोजिमा त्यति राम्रो स्वर्ग जस्तो देश छोडेर ५० डिग्रीको तातो घाममा पसिना बगाउन हिंडेका हामि परदेशीलाइ राष्ट्रप्रतिको माया जिम्बेवारीबोध कर्तब्यबोध सायद स्वदेशमा रहने नेपालि दाज्युभाइहरुलाई भन्दा धेरै हुन्छ ।

हामीलाई जेजस्तो परिस्थितिले बिदेसिन बाध्य पार्यो ,हाम्रा भावी सन्ततिले त्यस्तो परिस्थितिको सामना गर्न नपरोस भन्ने हामि सबैको चाहना हुन्छ । त्यसका लागि हामीलाई पनि देश को मुहार फेर्ने यो ऐतिहासिक अभियानमा सक्षम इमान्दार नेतृत्व चुनेर देशलाइ सहि गोरेटोमा हींडाउन सक्ने नेता छान्नका लागि हामि जस्ता तमाम बिदेशिएका नेपालिहरुलाइ पनि मत दिन सक्ने व्यवस्था सरकारले गर्नु पर्ने हो तर सरकारको विवशता भनौ या असक्षमता,हामीले हाम्रो मतको सदुपयोग गर्न पाएनौ ।

हाम्रै रेमिट्यान्सले धानिएको मुलुक, संभवत हाम्रै पसिनाले भिजेका नोटहरु सित साटिएका मतपत्रहरु, मत पेटिकाहरु, मतदान अधिकृतहरु, स्वस्तिक छाप अनि मसि पनि, तर यी सबै चिज को जोहो गर्न ५० डिग्रीको गर्मिमा खटिएकी म र म जस्ता कैयों नेपालि दाज्युभाइ दिदिबहिनिहरु यस ऐतिहासिक चाड मनाउनबाट बन्चित भएका छन् । अब आउने अन्य चुनावमा सरकार ले के कसरि हुन्छ हामीलाई पनि विदेशबाटै आफ्नो देशको चुनावी महोत्सवमा भाग लिन पाउने व्यवस्था गरोस ।

देश निर्माणको आधार मानिने यस चुनावमा सबै गाउँ नगरमा सक्षम नेतृत्व चुनिएर आउन्, ताकी मेरो देशको जग बलियो बनोस, मेरो देशलाइ परदेशबाटै हार्दिक शुभकामना ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक ऋषि कट्टेललाई पार्टीको केन्द्रीय सचिवालयको बैठकले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र चर्को लफडा शुरु भएको छ । नेकपा निकट एक