back
CTIZAN AD

प्रधानमन्त्रीद्वारा विपदमा ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त

वि.सं.२०८१ असार २८ शुक्रवार

822 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्ला दिनमा आएको अबिरल वर्षा, बाढी र पहिरोका कारण ज्यान गुमाउनुहुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विपदमा परी घाइतेहरू भएका शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल संसद् भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “हजारौँ शहीदहरूको बलिदान, सयौँ बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौँ सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु ।”

प्रधानमन्त्रीले अविरल वर्षा, बाढी, पहिरो र जनधनको ठूलो क्षतिको विषम परिस्थितिमा संसदको पहिलो र दोश्रो ठूलो दल मिलेर सरकार बनाउने नेपाली कांग्रेस र नेकपा (एमाले) को सहमतिपछि विशेषगरी एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि आफू सदनमा विश्वासको मतका लागि पुनः उपस्थित भएको जानकारी गराए ।

 

वि.सं.२०८१ असार २८ शुक्रवार १२:०६ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

काठमाडौँ, २९ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

निर्वाचन २२ दिन बाँकी : ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...