back

मुक्तक

वि.सं.२०८१ साउन ५ शनिवार

402 

shares
NTC AD

गणेश लोहनी,काठमाडौं

१.
केहि गर्ने अठोट् बोकि मैदानमा आएपछि
माटोसँग मुटु जोडि गाढा माया लाएपछि
अस्मिताको चिन्ता धेरै नलिनु है आमा अब
अन्यायमा राँको झोस्ने यौटा सपुत पाएपछि ।

२.
जन्मेको युगको के कुरा बन्छन् सर्वकालिक पनि
सम्मानका लायकहरूको बनाउँछन् शालिक पनि
कुख्यातहरू मृत्युसंगै हराउँछन् विस्मृतिको गर्भमा
सच्चा लोकनायक सगर्व बन्छन् मनका मालिक पनि ।

३.
उर्वर सबल युवा शक्ति खाडीतिर जलेकै छ
समृद्धिको सपना हाम्रो धरहरा झैं ढलेकै छ
गहिरोमै तालपर्छ बजेट देखाउने दाँत न हो
संगठीत साहुहरुको ढ्याके चोके चलेकै छ ।

४.
खपिसाध्य कहाँ छ र चरक्क चर्कन जानेका छौ
पिपलपाते जता पनि फरक्क फर्कन जानेका छौ
सत्य सुत्यो इमान पनि यीनैले किनिसके भन्छन्
साँढेको फल देखाएर सहजै तर्कन जानेका छौ ।

५.
सफाईका अभियन्ता स्वयम् हिलो पोत्ने भए
समृद्धिको घाँस देखाउँदै मझेरी पो जोत्ने भए
जो जो कहलिएका थिए स्वनामधन्य मुक्तिदाता
खुम्चिएर केवल आफन्तलाई मात्र ओत्ने भए ।

 

वि.सं.२०८१ साउन ५ शनिवार ०७:३३ मा प्रकाशित

ADBL AD
कविता : प्रेम उपासक

कविता : प्रेम उपासक

विदुर अधिकारी, चितवन प्यारी हौ तिमी,जीवनको घर तिम्रा साधना, छन्...

चारु

चारु

दिपक पनेरु, सागरनाथ,सर्लाही झुटो सम्बन्धको असलियत देखिन थालेको छ मित्रतामा...

सुसेली : तिज

सुसेली : तिज

कल्पना दाहाल, काठमाडौं १. मामा आमा छन् चेलीबेटी सम्झेर खुसी...

कविता : इतिहासका साक्षी

कविता : इतिहासका साक्षी

पूजन मिश्र, भक्तपुर यो धर्तीका जीवित देउता वृद्धवृद्धा दुवै, आदरले...

गजल

गजल

विजय मुखिया बिम्ब,दार्जिलिङ भएँ लाचारझैँ तिम्रा, नजरका ती इसाराले दुखायो...

लघुकथा : बुढो हड्डी

लघुकथा : बुढो हड्डी

बाबुकाजी सुवाल ’विकेश निराशी’ भक्तपुर एक महिनाअघि विदेशबाट फर्केको नाति...