back

प्रियंका कार्की अमेरिका भेषभूषा प्रदर्शनमा आउने

वि.सं.२०७४ जेठ २ मंगलवार

855 

shares

priynaka-karki1विजय थापा,वाशिंगटन डिसी । नेपाली चलचित्रकी नायिका प्रियंका कार्की अमेरिकाको टेक्सस राज्यको प्रख्यात शहर ड्यालस आउने भएकी छिन् । उनि आगामी जुन ३० देखि जुलाई २ सम्म हुने नेप्लीज अमेरिकन कन्भेन्सन नामक सम्मेलनमा सहभागी हुन् आउने निधो भएको जानकारी प्याट्रिक सुबेदीले दिएका छन् ।

नायिका प्रियंका जुन महिनाको अन्त्यमा आउने भएकी छिन् भने प्रियंकाले उक्त सम्मेलनमा तीन दिन कार्यक्रमहरुमा सहभागिता जनाउने छिन् ।

बिशेष उनि कार्यक्रम प्रस्तोता, भेषभूषा प्रदर्शनमा मुख्य आकर्षणको रुपमा बिशेष प्रस्तुति तथा सांस्कृतिक कार्यक्रममा उनको सहभागिता हुने छ । भेषभूषा को डिजाइनर (रुपकार ) ओढनी बुटिक(वस्त्रालय )ले गर्ने भएको छ।

भेषभूषा प्रतिस्प्रद्धामा सहभागी हुनको लागि आवेदन पत्र खुला गरिएको छ भने प्रवेश शुल्क $ ५० डलर राखिएको छ।१८ देखि २९ बर्षका युवतीहरुले निवेदन दिन सक्ने आयोजकले बताएका छन्।

नेप्लीज अमेरिकन सम्मेलनमा खेलकुद, मनोरंजन, बिबिध मंच, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने जानकारी बजारीकरण समेत हेर्ने प्याट्रिक सुबेदीले बताए ।

हाल सम्म ८ वटा खेलकुद टोलीले सहभागी जनाउने निश्चित गरेको छ।

वि.सं.२०७४ जेठ २ मंगलवार ०७:१५ मा प्रकाशित

Himalayan Life AD
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

काठमाडौँ ।  सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र...

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं । बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच...