back

गजल

वि.सं.२०८१ साउन १९ शनिवार

366 

shares
NTC AD

स्वर्ण शिखा, दाङ

दिनरात सदनभित्र खुराफात हुँदै छ
लाग्दै छ मुलुकमा अब उत्पात हुँदै छ

सीमातिर जाऊ सहजै बुझ्न भए मन
कसबाट यहाँ के कसरी घात हुँदै छ

केको छ हतारो घर पुग्ने अहिल्यै नै
धेरैपछि भर्खर त मुलाकात हुँदै छ

उपदेश लिने चाह भए बुझ्दछ मान्छे
सुन्दा छ तितो किन्तु सही बात हुँदै छ

पेसा कृषि हो भन्दछ सरकार सधैँ नै
दैनिक तर कोदो पनि आयात हुँदै छ

बहर : हजज मुसम्मन अखरब मक्फुफ महजुफ
अर्कान : मफऊलु मुफाईलु मुफाईलु फऊलुन्
वजनः २२१, १२२१, १२२१, १२२
अभ्यासः परिश्रमी पाठशाला (बहर–छन्दशाला )

 

वि.सं.२०८१ साउन १९ शनिवार ०५:१८ मा प्रकाशित

ADBL AD
कविता : प्रेम उपासक

कविता : प्रेम उपासक

विदुर अधिकारी, चितवन प्यारी हौ तिमी,जीवनको घर तिम्रा साधना, छन्...

चारु

चारु

दिपक पनेरु, सागरनाथ,सर्लाही झुटो सम्बन्धको असलियत देखिन थालेको छ मित्रतामा...

सुसेली : तिज

सुसेली : तिज

कल्पना दाहाल, काठमाडौं १. मामा आमा छन् चेलीबेटी सम्झेर खुसी...

कविता : इतिहासका साक्षी

कविता : इतिहासका साक्षी

पूजन मिश्र, भक्तपुर यो धर्तीका जीवित देउता वृद्धवृद्धा दुवै, आदरले...

गजल

गजल

विजय मुखिया बिम्ब,दार्जिलिङ भएँ लाचारझैँ तिम्रा, नजरका ती इसाराले दुखायो...

लघुकथा : बुढो हड्डी

लघुकथा : बुढो हड्डी

बाबुकाजी सुवाल ’विकेश निराशी’ भक्तपुर एक महिनाअघि विदेशबाट फर्केको नाति...