मिलनकुमार ढुङ्गाना, झापा
बाँच्न सक्ने नदेखिँदा आधार
खोज्छ मान्छे यहाँ कसैको प्यार
आज मनको गरेँ स्वयम् चिरफार
मात्र तिम्रो थियो त्यहाँ अनुहार
भोग्नु पर्ला उसैले नै बेहाल
पुग्छ बाटो भुलेर जो मझधार
साधनाले तिखार्दछन् जो हात
हुन्छ तिनकै कलाको जयजयकार
पाप बढ्दा तिमी हुनेछौ साथ
व्यक्त गर्दै छु कृष्णजी आभार
बहर :खफिफ मुसद्दस मख्बुन मुसक्किन मक्सुर
अर्कान : फाइलातुन्, मफाइलुन्, मफ्ऊलु
वजन :२१२२ – १२१२ – २२१
अभ्यास :परिश्रमी पाठशाला ( बहर – छन्दशाला )
वि.सं.२०८१ भदौ १५ शनिवार ०५:२१ मा प्रकाशित