back

उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया

वि.सं.२०७४ जेठ ६ शनिवार

825 

shares

जितबहादुर भण्डारी, ६ जेठ, पाँचथर। जिल्ला अस्पतालका चिकित्सकको टोलीले तीन दिनभित्र उच्च जोखिममा रहेका दुई गर्भवतीको सफल शल्यक्रिया गरेको छ ।

डा पवनकुमार साह नेतृत्वको टोलीले पाठेघरमा रहनुपर्ने गर्भ ट्युबमा रहेकी २२ वर्षीयासहित अत्याधिक रक्तश्राव हुनाका साथै भित्रै साल उप्किएकी ३६ वर्षीया अर्को एक महिलालाई पुनर्जीवन दिएका हुन् ।

डा साहका अनुसार साविक पञ्चमी–१ गोपेटार घर भएकी २२ वर्षीया यशोदा राईको पाठेघरमा रहनुपर्ने गर्भ बाहिर बसेको थियो । दुई महिनाको गर्भ रहेकी उनी अत्यधिक पेट दुखेपछि गत वैशाख ३१ गते पाँचथर जिल्ला अस्पताल आइपुगेकी थिइन् । भिडियो एक्स–रे गर्दा उनको दायाँ भागको डिम्बाशय वरिपरि कालो दाग देखिएपछि तत्काल आफन्तको अनुमति लिएर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

उहाँका अनुसार अस्पताल आउँदा नै अत्यन्तै संवेदशील अवस्थामा पुगेकी राईको शल्यक्रिया थाल्नुपूर्व नै गर्भ रहेको अन्डा फुटेर रक्तश्राव हुन थालेपछि चुनौती थपिएको थियो । ढिला गरी अस्पताल आएकी उनको शरीरमा हेमोग्लोबिनको मात्रा पनि सात मात्रै थियो । उहाँका अनुसार सामान्य अवस्थामा हेमोग्लोबिनको मात्रा १२ हुनुपर्छ ।

शल्यक्रियापूर्व उनलाई तीन पिन्ट रगत दिइएको थियो । उहाँले भन्नुभयो, “एक घन्टा मात्रै ढिला गरी अस्पताल आइपुगेको वा आइपुगेपछि तुरुन्तै निर्णय नलिइएको भए ज्यान तलमाथि पनि हुन सक्थ्यो ।” पाठेघरभन्दा बाहिर गर्भ रहनुलाई चिकित्सकको भाषामा इप्टोपिक प्रिग्नान्सी भनिन्छ ।
यस्तै तीन दिनदेखि सुत्केरी व्यथा लागेर घरैमा नवजात जन्माउने प्रयत्न गर्दा सम्भव नभएपछि अन्तिम अवस्थामा ल्याइएकी पाँचथरकै कुम्मायक–३ की ३६ वर्षीया हरिमाया माझीको पनि सफल शल्यक्रिया गरिएको छ ।

यसअघि नै पाँच शिशु जन्माइसकेकी माझीलाई सुत्केरी व्यथा लागेको तीन दिनसम्म जन्माउन नसकेपछि अत्याधिक रक्तश्राव भएर गम्भीर अवस्थामा पुगेपछि अस्पताल ल्याइएको थियो ।

अस्पताल ल्याई पु¥याउँदा अत्याधिक रक्तश्राव भइरहेकी उनको भिडियो एक्स–रे गर्दा भित्र साल उप्किएको तथा उल्टो अवस्थामा रहेको नवजात पनि तेर्सिएकाले आमा र शिशु दुवैको ज्यान जोखिममा देखिएको थियो । उनको पनि तुरुन्तै शल्यक्रिया गरी ज्यान जोगाइएको छ । डा साहले भन्नुभयो, “शल्यक्रिया गर्ने बेलासम्म उनको पाठेघर नै फुट्ने अवस्थामा पुगेको थियोे, जोखिम मोलेरै शल्यक्रिया गर्यौं । सफल भइयो ।”

वि.सं.२०७४ जेठ ६ शनिवार ०३:४२ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...