back

हिमाल श्रेष्ठ र शान्तिश्रीको मायाँ युकेको सार्वजनिक

वि.सं.२०८१ भदौ २८ शुक्रवार

375 

shares
NTC AD

काठमाडौँ । गायक हिमाल श्रेष्ठले आफ्नो नयाँ लोक दोहोरी भाका यतिबेला बजारमा ल्याएका छन् । गायक हिमाल श्रेष्ठले यो गीतको भिडियोलाई आफ्नै युट्युव च्यानलबाट रिलिज गरेका छन् । उनले आफु र शान्तिश्री परियारको युगल स्वरमा नयाँ गीत ‘मायाँ युकेको…’ भिडियो दर्शकमाझ ल्याएका हुन् ।

गीत र भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको गायक हिमालले बताएका छन् । भिडियोलाई बिहिबार रिलिज गरिएको हो । यो गीतलाई तीलक बस्नेतले लेखेका हुन् । गीतमा संगीत पनि तिलककै रहेको छ । मुम्बईको कैलास स्टुडियो मास्टिरिङ गरिएको यो गीतलाई समिर कार्कीले रेकर्डिङ र नरेन्द्र बियोगीले संगीत संयोजन तथा मिक्सिङ गरेका हुन् ।

भिडियोमा चीज गुरुङ र निशा मगर र साथीहरुको नृत्य छ । मायाँ युकेको भिडियोलाई रामकुमार केसीले छायाँकन गरेका हुन् । जसमा टेकेन्द्र शाहको सम्पादन र निर्देशन छ । हिमालको गीत मायाँ युकेकोको भिडियो पनि त्यत्तिकै आकर्षक बनेको छ । यो गीतसँगै भिडियो पनि नृत्यप्रधान छ ।

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:२४ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...