back

चितवन समाज इजरायलमा बराल

वि.सं.२०७४ जेठ ६ शनिवार

972 

shares

chitwan-samaj-isral

चितवन समाज इजरायलको तेस्रो अधिवेशनबाट सरिस्मा बरालको अध्यक्षमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । इजरायलको गोलनहाइटमा भएको अधिवेशनबाट सो नयाँ कार्यसमिति चयन भएको हो । ‘चितवनको विकास र सामाजिक भावना, समाजको एकता, समृद्धि चाहाना’ भन्ने नारासहित कामको सिलसिलामा इजरायलमा रहेका चितवनबासी आबद्ध चिवतन समाज इजरायल सन् २०१४ मा स्थापना भएको हो ।

यसअघि समाजको उपाध्यक्ष रहेकी बराललाई निर्बिरोधरुपमा अध्यक्षमा चयन गरेको चितवन समाज इजरायलले जनाएको छ । सो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रभा घिमिरे, प्रथम उपाध्यक्षमा चन्द्रप्रकाश ढकाल, द्वितीय उपाध्यक्षमा नीलम भुसाल, तृतीय उपाध्यक्षमा प्रभा पौडेल शर्मा तथा महासचिवमा चिरञ्जिवी मिश्र, सचिवमा गौरी शर्मा, सह–सचिवमा सबिसा थापा, कोषाध्यक्षमा रमा पौडेल, सह–कोषाध्यक्षमा गायत्री ढकाल चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा कमला गुरुङ, दिना न्यौपाने, नमूना पौडेल, कमल गुरुङ, जीना सिंह, सम्झना पन्त, सरस्वती बानियाँ, सीता अधिकारी, मोहन बस्नेत, खिला थापा, सरु तिमिल्सिना, लक्ष्मी बराल, देबी पौडेल र दमन्ती पुन चयन भएको नवनिर्वाचित अध्यक्ष सरिस्मा बरालले जानकारी दिइन् ।

चितवन युवा समूहका अध्यक्ष तथा समाजका अन्तर्राष्ट्रिय समन्वय समिति अध्यक्ष मुक्तिप्रसाद अधिकारीको प्रमुख आतिथ्यता एबम् प्रवासी नेपाली नागरिक समाज इजरायलका संस्थापक अध्यक्ष नवराज खड्काको विशेष आतिथ्यता तथा समाजकी अध्यक्ष शान्ता अधिकारी ज्ञवालीको अध्यक्षतामा भएको सो अविधेशनमा इजरायलमा रहेका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०७४ जेठ ६ शनिवार १२:३९ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...