back

प्रधानमन्त्री कृषि परियोजनाप्रति खुसी छन किसानहरु

वि.सं.२०७४ जेठ ६ शनिवार

837 

shares

fish६ जेठ, सप्तरी । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यले सप्तरीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमप्रति किसानको आकर्षण बढदै गएको छ ।

जिल्लामा २०७३ सालबाट सुरु भएको सो परियोजनाअन्तर्गत हालसम्म २१० भन्दा बढी फाइल तयार भइसकेको र यसका लागि समिति बनाउने कार्य अन्तिम चरणमा पुगेको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

विशेषगरी प्रमुख कृषि उपजहरुको विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धिगर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने र बहुसरोकारवाला निकायहरुबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने लक्ष्य परियोजनाको छ ।

परियोजनाअन्तर्गत सप्तरीमा किसानलाई लक्षित गरी अभिमुखीकरण गोष्ठी, सूचीकृत कार्यक्रम, सूचनाप्रवाह तथा फिल्ड अनुगमन कार्य भइरहेका छन् । कृषि विकास कार्यालय सप्तरीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवकाअनुसार उक्त परियोजनाका लागि रु दुई करोड ५० लाख बजेट विनियोजन भएको छ । जसअन्तर्गत बल्क पोकेटक्षेत्र निर्धारण गरी व्यावसायिक कृषि क्षेत्रको विकासमा जोड दिएको छ ।

बल्क कार्यक्रमअन्तर्गत धान र तरकारी खेतीलाई छनोट गरिएको र सो कार्यक्रम सप्तरीको फत्तेपुर, औदरहा, कञ्चनपुर तथा तरकारीका लागि इटहरी विष्णपुर र कोबखारीलाई छनोट गरिएको बताइएको छ ।

त्यस्तै पोकेट कार्यक्रमका लागि ५५ वटा कार्यक्रम निर्धारण गरिएको छ । जसअन्तर्गत धान, माछा, च्याउलगायत विभिन्न कृषिबाली उत्पादन गरिने छ । पकेट कार्यक्रम सञ्चालनका लागि नौ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ । समितिलाई बीउविजन, मलखाद, विषादी, बेर्ना, साना सिँचाइ कार्यक्रम, मेसिनरी औजार र थप रकम अनुदान दिनका लागि सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ ।

त्यस्तै आँप उत्पादनका लागि परियोजनाअन्तर्गत आँप उत्पादन जोन कार्यक्रम सुरु गरिएको छ । सप्तरीको कदमहामा सो जोन एकाइ कार्यक्रम सञ्चालन गरिएको छ । यसका लागि कार्यालयसमेत स्थापना भइसकेको र सो कार्यालयले आँप उत्पादनका लागि मधुपटी, मलहनीया, हरिपुरगरी तीन गाविसलाई छनोट गरिएको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

यो परियोजना देशको सातवटै प्रदेशमा सुरु भइसकेको छ । सुरुमा परियोजनाका बारेमा बुझ्नका लागि किसानलाई समस्या परेको थियो तर अहिले आएर परियोजनाका सम्बन्धमा जानकारी प्राप्त भएपछि यसप्रति किसानको आकर्षण बढदै गएको वरिष्ठ कृषि विकास अधिकृत यादवले भन्नुभयो ।

फाइल : तस्बिर

वि.सं.२०७४ जेठ ६ शनिवार १२:४२ मा प्रकाशित

Himalayan Life AD
एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

एन आई सी एशियाले ल्यायो लकरमा विशेष छुट सुविधा

काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई...

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

 काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

नाडाको ४९ औँ वार्षिक साधारण सभा पौष ९ गते ललितपुरमा आयोजना हुने

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ४९ औँ वार्षिक...

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

काठमाडाैँ । नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रा. लि....

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ ।  बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...