Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

प्रधानमन्त्री कृषि परियोजनाप्रति खुसी छन किसानहरु



fish६ जेठ, सप्तरी । कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यले सप्तरीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमप्रति किसानको आकर्षण बढदै गएको छ ।

जिल्लामा २०७३ सालबाट सुरु भएको सो परियोजनाअन्तर्गत हालसम्म २१० भन्दा बढी फाइल तयार भइसकेको र यसका लागि समिति बनाउने कार्य अन्तिम चरणमा पुगेको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

विशेषगरी प्रमुख कृषि उपजहरुको विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धिगर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने र बहुसरोकारवाला निकायहरुबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने लक्ष्य परियोजनाको छ ।

परियोजनाअन्तर्गत सप्तरीमा किसानलाई लक्षित गरी अभिमुखीकरण गोष्ठी, सूचीकृत कार्यक्रम, सूचनाप्रवाह तथा फिल्ड अनुगमन कार्य भइरहेका छन् । कृषि विकास कार्यालय सप्तरीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवकाअनुसार उक्त परियोजनाका लागि रु दुई करोड ५० लाख बजेट विनियोजन भएको छ । जसअन्तर्गत बल्क पोकेटक्षेत्र निर्धारण गरी व्यावसायिक कृषि क्षेत्रको विकासमा जोड दिएको छ ।

बल्क कार्यक्रमअन्तर्गत धान र तरकारी खेतीलाई छनोट गरिएको र सो कार्यक्रम सप्तरीको फत्तेपुर, औदरहा, कञ्चनपुर तथा तरकारीका लागि इटहरी विष्णपुर र कोबखारीलाई छनोट गरिएको बताइएको छ ।

त्यस्तै पोकेट कार्यक्रमका लागि ५५ वटा कार्यक्रम निर्धारण गरिएको छ । जसअन्तर्गत धान, माछा, च्याउलगायत विभिन्न कृषिबाली उत्पादन गरिने छ । पकेट कार्यक्रम सञ्चालनका लागि नौ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ । समितिलाई बीउविजन, मलखाद, विषादी, बेर्ना, साना सिँचाइ कार्यक्रम, मेसिनरी औजार र थप रकम अनुदान दिनका लागि सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ ।

त्यस्तै आँप उत्पादनका लागि परियोजनाअन्तर्गत आँप उत्पादन जोन कार्यक्रम सुरु गरिएको छ । सप्तरीको कदमहामा सो जोन एकाइ कार्यक्रम सञ्चालन गरिएको छ । यसका लागि कार्यालयसमेत स्थापना भइसकेको र सो कार्यालयले आँप उत्पादनका लागि मधुपटी, मलहनीया, हरिपुरगरी तीन गाविसलाई छनोट गरिएको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।

यो परियोजना देशको सातवटै प्रदेशमा सुरु भइसकेको छ । सुरुमा परियोजनाका बारेमा बुझ्नका लागि किसानलाई समस्या परेको थियो तर अहिले आएर परियोजनाका सम्बन्धमा जानकारी प्राप्त भएपछि यसप्रति किसानको आकर्षण बढदै गएको वरिष्ठ कृषि विकास अधिकृत यादवले भन्नुभयो ।

फाइल : तस्बिर


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम