Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

कराते खेलाडी ठकुरी वल्र्ड च्याम्पियनशिप बेल्टबाट सम्मानित



ujjwalअमेरिकाको वाशिड्गटन डिसी मेट्रो क्षेत्रमा वसोवास गर्दै आएका नेपाली कराते खेलाडी उज्ज्वल ठकुरीले वल्र्ड च्याम्पियनशिप बेल्ट (पेटी) प्राप्त गरेका छन् ।
नर्थ क्यारोलिनामा मे १३ तारिख २०१७ मा आयोजित कुरो बुशि वल्र्ड मार्शल आर्ट प्रतियोगितामा वल्र्ड च्याम्पियनशिप बेल्ट (पेटी) प्रदान गरिएको हो । ठकुरीले उक्त प्रतियोगितामा बिशेष प्रस्तुति गर्दा उनलाई आयोजकले बिशेष सम्मान गर्दै बिश्व प्रतियोगिताको पेटी प्रदान गरेका हुन् ।

उक्त अन्तर्राष्ट्रिय किक बक्सिङ्ग तथा वल्र्ड मार्शल आर्ट च्याम्पियनशिपमा उनले पहिलो प्रस्तुतिमा ४० पाउण्ड तौल दातले उठाएर शरीरमा ४० पाउण्ड तौल बाधेर हातमा काँचो अण्डा बोकेर २ खुट्टा पुरै फांग गरी अण्डा नफुटाइ ३ वटा काठको बोर्ड फुटाएका थिए ।
दोस्रो प्रस्तूतिमा ४० पाउण्ड दातले उचालेर हातमा काँचो अण्डा बोकेर १० वटा काठको बोर्ड २ खुट्टा पुरै फांग गरी फुटाएका थिए । तेश्रो प्रस्तुतिमा उनले दात र शरीरमा गरी १ सय ४० पाउन्ड तौल उचालेका थिए भने चौथो प्रस्तूतिमा उनले २ खुट्टा पुरै फांग गरी आफ्नो दातले १ सय पाउण्ड उचालेर दर्शकलाई चकित पारेका छन् ।

ठकुरीले आफ्ना सवै प्रस्तुति गरेपछी कुरो बुशि मार्शल आर्ट संगठनका संस्थापक अध्यक्ष ग्रान्ड मास्टर एर्नेस्ट दुकेशले ठकुरीलाई वल्र्ड च्याम्पियनशिप पेटी तथा सम्मान पत्र प्रदान गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक