back

इजरायली आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु

वि.सं.२०८१ असोज ११ शुक्रवार

198 

shares
NTC AD

दमास्कस । लेबनानसँगको सीमा नजिक शुक्रबार इजरायलले गरेको हवाई आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु भएको सरकारी समाचार संस्था सानाले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

“ सिरिया–लेबनानी सीमामा पर्ने कफर याबस नजिकै हाम्रो एउटा सैन्य चौकीमा इजरायल (शत्रु) ले हवाई आक्रमण गरेको छ”, सानाले स्रोतलाई उद्धृत गर्दै भनेको छ, “आक्रमणबाट पाँच सिरियाली सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।”

इजरायली सेनाले सिरियाबाट लेबनानको हिजबुल्लाहमा हतियार स्थानान्तरण गर्न हिजबुल्लाह समूहले प्रयोग गर्दै आएको सिरिया–लेबनान सीमामा आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको एक दिनपछि पाँच सिरियाली सैनिकको मृत्यु भएको हो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको युद्ध अनुगमनकारी संस्थाका अनुसार इजरायली लडाकू विमानले सिरियाको कुशायर क्षेत्रलाई लेबनानसँग जोड्ने सीमालाई निशाना बनाएको थियो।

इजरायलले यसै साता लेबनानको हिजबुल्लाहमाथि आक्रमण तीव्र पारेपछि सिरियामा भएको यो पहिलो आक्रमण भएको बेलायतस्थित युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।(रासस/एएफपी)

 

वि.सं.२०८१ असोज ११ शुक्रवार १४:४२ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...