८ जेठ, काठमाडौँ । इङलिस क्लब आर्सनलको २० वर्षे च्याम्पियन्स लिगको यात्रा कम्तीमा अर्को सिजनको लागि टुंगिएको छ । प्रिमियर लिगमा पाँचौ स्थानमा रहेर लिग टुंगाएपछि लण्डन क्लब आर्सनल २० वर्ष पछि युरोपा लिग खेल्ने भएको हो । प्रिमियर लिगमा शर्षि चारमा हुने मात्र च्याम्पियन्स लिग खेल्न पाउने प्रावधान रहेकोे छ । युएफाको नियम अनुसार प्रिमियर लिगमा शीर्ष चारमा पर्नेले च्याम्पियन्स लिग र पाँचौ र छैठो स्थानमा रहनेले दोस्रो वरियताको युरोपा लिग खेल्न पाउने प्रावधान रहेको छ ।
सन् १९९७ पछि नियमित रुपमा च्याम्पियन्स लिग खेल्दै आएको आर्सनल च्याम्पियन्स लिग खेल्दै आएको आर्सनल च्याम्पियन्स लिगबाट बाहिरिएपछि आर्सनलका भेट्रान प्रशिक्षक आर्सेन वेङ्गरको क्लब छाड्ने विषयले समेत चर्चा पाउन थालेको छ । वेङ्गर सन् १९९६ देखि आर्सनलको प्रशिक्षकको रुपमा कार्यरत छन् । 
वि.सं.२०७४ जेठ ८ सोमवार ११:१६ मा प्रकाशित

























