back

किशोरी मृत्युको कारण थप रहस्य बन्दै

वि.सं.२०७४ जेठ ९ मंगलवार

690 

shares

९ जेठ, नवलपरासी । नवलपरासीको कावासोती–१६ डण्डा की १५ वर्षीया रविना अर्यालको मृत्युको कारण थप रहस्यमय बन्दै गएको छ । रविनाको मृत्युको कारण आत्महत्या भएको उनको पारिवारिक स्रोतको दाबी छ तर त्यहाँका स्थानीयले रविनाको हत्या भएको दाबी गर्दै आएका छन् ।

किशोरी अर्याल गत बुधबार आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको शरीरको प्रकृति हेर्दा नाकबाट रगत बगेको, अनुहारमा चोट समेत देखिएकाले उनको आत्महत्या नभई उनका बाबु तुलसी अर्याल र सौतेनी आमाले हत्या गरेर झुन्ड्याएको आरोप स्थानीयले लगाएका छन् ।

स्थानीय सो घटनाबारे प्रहरीसँग निष्पक्ष छानबिनको माग राख्दै आन्दोलनमा उत्रिएका छन् । निष्पक्ष छानबिन नभए कडा आन्दोलनमा जाने चेतावनी समेत स्थानीयले दिएका छन् ।

घटना शङ्कास्पद रहेको, प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा र दुम्कौली दुवैले परीक्षण गर्न नमानेपछि शवलाई भरतपुर अस्पताल लगेर परीक्षण गरिएको आन्दोलनमा सहभागी डण्डाकी शर्मिला गिरीले बताइन् । अर्यालको गत शुक्रबारनै परीक्षण गरी दाहसंस्कार गरिएको थियो । प्रहरीले मृतकका बाबु र सौतेनी आमालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी राजेश थापाले घटनाको अनुसन्धान भइरहेको र परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्ने बताउनुभयो ।

वि.सं.२०७४ जेठ ९ मंगलवार ०४:२२ मा प्रकाशित

Himalayan Life AD
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण महाअभियान तथा ट्राफिक सप्ताह–२०८२ का...

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

कांग्रेस विशेष महाधिवेशनः मनोनयन दर्ता शुल्क तोकियो

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले...

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

चितवन । देशको सबैभन्दा लामो महानगरस्तरीय बृहत् चक्रपथ भरतपुर महानगरपालिकाका...

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनुपर्ने

झापा । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट...

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

गोरखा । यहाँको प्रसिद्ध धार्मिकस्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित...

दुई करोड २४ लाखका भेप बराबद

दुई करोड २४ लाखका भेप बराबद

मुस्ताङ । कोरला नाकाबाट रु दुई करोड २४ लाख मुल्य...