Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ चार महानगरको पछिल्लो मतपरिणाम



९ जेठ, काठमाडौँ । अहिलेसम्मको मत परिणाम अनुसार एमालेले तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरामा अग्रता लिएको छ भने ललितपुरमा कांग्रेस अगाडी रहेको छ ।
जसमा काठमाडौं महानगरपालिकामा एमालेका विद्या सुन्दर शाक्यले ३७९१३ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका राजुराज जोशीले २७०३७ मत ल्याएका छन् । साथै विवेकशील नेपालीकी रन्जु दर्शनाले १४१०१, साझा पार्टीका किशोर थापाले १०७१७ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ४०५६ मत ल्याएका छन् ।
त्यस्तै ललितपुर नगरपालिकामा कांग्रेसका चिरिबाबु मर्हजनले२२५४४ प्राप्त गरेर अग्रस्थानमा रहेका छन भने एमालेका हरिकृष्ण व्यन्जनकारले २१६१४ मत ल्याएका छन् । साथै साझा पार्टीका रमेश मर्हजनले १२३९६ मत प्राप्त गरेका छन् ।
त्यसै गरि भरतपुर महानगरमा एमालेका देवि ज्ञवाली २५३०५ मत सहित अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले २१७३७ मत ल्याएकी छन् ।
त्यस्तै पोखरा लेखनाथ महानगरमा एमालेका मान बहादुर कुँवरले २७२६२ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामजी कुँवरले २३४४५ मत पाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ