back

प्रस्तावित दुई न्यायाधीश निरौला र पाण्डे नाम सर्वसम्मत अनुमोदन

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार

162 

shares

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिका सभापति (ज्येष्ठ सदस्य) पशुपति शमशेर राणाले सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सर्वसम्मतिले अनुमोदन गरेको जानकारी दिए । प्रस्तावित न्यायाधीशद्वयले न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गरेका थिए । समितिमा प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुई वटा उजुरीसमेत परेको थियो ।

समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

वि.सं.२०८१ कात्तिक २३ शुक्रवार १६:३२ मा प्रकाशित

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का...

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा...

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास...

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

गण्डकी । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की...

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा...