back

सुसेली : तिहार

वि.सं.२०८१ कात्तिक २४ शनिवार

324 

shares

खेमराज शर्मा
सुनिलस्मृति गापा १,घोडागाउँ,रोल्पा

१.
आयो तिहार
दाइ दिदी भाइमा
कस्तो पियार ।

२.
ऋण बेरेर
खर्च गर्नु पर्दछ
घाँटी हेरेर ।

३.
सफा आँगन
भैलेनीको आशिष
दान माँगन ।

४.
कालो फालेर
पार्नु मन उज्यालो
बत्ती बालेर ।

५.
माला गाँसेर
टीका लाइदिनू है
दिदी हाँसेर ।

६.
कत्रो स्याहार
पशु प्रति सम्मान
गाई तिहार ।

७.
दैलो दैलोमा
घरघर नाँचेको
द्यौसी भैलोमा ।

८.
सेल खाएर
भुन्टे भुन्टी रमाए
नाना लाएर ।

९.
मौरी डुलेर
प्रकृति नै रमाको
फूल फुलेर ।

१०.
हट्यो बादल
वर्षपछि तिहार
ठोक मादल ।

 

 

वि.सं.२०८१ कात्तिक २४ शनिवार ०५:१२ मा प्रकाशित

सुसेली

सुसेली

रामशरण न्यौपाने, भक्तपुर चमत्कार छ सुसेलीको कोसेली धुवाँधार छ ।१...

गजल

गजल

नवराज न्यौपाने ’मौन’ सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

कविता : जाली सबैछन् यता

कविता : जाली सबैछन् यता

उत्तमकुमार पोखरेल सूर्य विनायक, भक्तपुर गर्छाै मोज अझै सके गर...

कविता : निभेछ देशको चुलो

कविता : निभेछ देशको चुलो

कविराज घिमिरे चाँगुनारायण, भक्तपुर उठी बिहान मिर्मिरे पुगेँ त्यहाँ कतै...

मुक्तक

मुक्तक

निर्मलरमण पराजुली सामाखुशी, काठमाण्डौ १. बाबा आमा अलग भए, स्वर्ग...

लघुकथा : मृत्युको मूल्य

लघुकथा : मृत्युको मूल्य

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर ‘ल आमा अझ थप...