back

अमेरिकामा बप्‍पी लहरीले भने “म सधै नेपालीको सच्चा साथी हुँ”

वि.सं.२०७४ जेठ १० बुधवार

627 

shares

raja-bappi-1अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरि (डिस्को किङ्ग)ले आफू नेपाल र नेपालीलाई माया गर्ने व्यक्ति भएको बताए । एटलान्टा इभेन्ट एण्ड प्लान्नरका संस्थापक रामजान बिरानीद्वारा आयोजित कार्यक्रममा सहभागी भएका उनले भने  “म नेपाल गएको छु र म सधै नेपाल र नेपालीको सच्चा साथी हु ।’ उनले आफू नेपालको लागि अवैतनिक राजदूत पनि भएको बताउँदै यदि नेपाल र नेपालीले सम्झेको खण्डमा जतिबेला पनि आउने प्रतिपबद्धता व्यक्त गरेका छन् ।

raja-bappi-2एटलान्टामा भएको उक्त कार्यक्रममा नेपाल र नेपालीहरुको तर्फबाट पर्यटनदुत राजा घलेद्वारा मायाको चिनो हस्तान्तरण हुँँदा आश्चर्य चकित हुनुको साथै हर्षित बने । कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए । यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फबाट पर्यटनदुत राजा घलेद्वारा मायाको चिन्नो स्वरुप एक प्लाक (धातुको पाता) गायक बप्पी लहिरिलाई प्रदान गरेका थिए ।

raja-bappi-3कार्यक्रम शभ्य र भब्य रुपमा सम्पन्न भएको थियो । गत शनिबार मे २० तारिखका दिन बप्पी लहिरिको कन्सर्ट गुजरात समाज अफ एटलान्टाको भवनमा भएको सो कार्यक्रम साझको ९ बजे बाट सुरु भई रातको १२ बजे समापन भएको थियो ।

 

वि.सं.२०७४ जेठ १० बुधवार ०३:५० मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...