back

‘देशमा दक्ष जनशक्तिको अभाव’

वि.सं.२०८१ कात्तिक २६ सोमवार

117 

shares

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्सेनि हजारौँ युवा रोजगारी र शिक्षाको खोजीमा विदेशिने क्रम बढ्दा देशमा दक्ष जनशक्तिको अभाव भएको बताएका छन् ।

पीयुएम नेदरल्याण्ड्सको बिदाइ तथा व्यापार वृद्धि विकल्प (वृद्धि) को स्वागतमा आज आयोजित कार्यक्रममा उहाँले व्यावसायिक वातावरण सुधारका लागि नीतिगत सहजीकरण, उद्यमशीलता विकासमा समन्वय, स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्र्धनको आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् ।

मन्त्री भण्डारीले भने, “म विशेष गरी युवालाई स्वदेशमै रहेर वा फर्केर काम गर्ने वातावरण सिर्जना गर्न खोजी गर्ने वृद्धि संस्थाको दृष्टिकोणको सराहना गर्दछु, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको नेटवर्कमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने यसको रणनीति महत्वपूर्ण छ ।”

सन् २००१ देखि नेपालमा सेवा सुरु गरेको पीयुएमले एक हजार बढी साना तथा मझौला उद्यमी, कृषक, शैक्षिक संस्था र व्यावसायिक संस्थालाई सहयोग पु¥याएको उल्लेख गर्दै उहाँले फूलखेती, डेरी उद्योग, पर्यटन व्यवसाय, हस्तकला, कपडा उद्योग, तरकारीखेतीलगायतमा गरेको योगदानको सराहना गरे ।

उनले उद्योग मन्त्रालयले रोजगारी सिर्जना तथा अन्य आर्थिक गतिविधि बढावा दिन वृद्धिसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पीयुएम नेदरल्याण्डस् सन् १९७८ मा नेदरल्यान्डसमा स्थापित भई नेपालमा २३ वर्षदेखि विभिन्न सामाजिक तथा आर्थिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो । वृद्धि पीयुएमसितको सहकार्यमा त्यसै संस्थाका कामको निरन्तरतासहित नेपालमा रोजगारी तथा आर्थिक उत्थानका क्षेत्रमा काम गर्न स्थापित संस्था रहेको जनाइएको छ ।

वि.सं.२०८१ कात्तिक २६ सोमवार १८:२६ मा प्रकाशित

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का...

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा...

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास...

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

गण्डकी । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की...

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा...