back

‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’

वि.सं.२०८१ कात्तिक २६ सोमवार

123 

shares

धरान (सुनसरी) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा धेरै योगदान गर्न सक्ने बताएका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज आयोजित दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका सहकुलपतिसमेत रहनुभएका पौडेलले स्वास्थ्यकर्मीहरुले धेरै योगदान गर्न सक्ने बताएका हुन् ।

“तपाईँले जुन कुरा जान्नु भएको छ । यो क्षेत्रबाहेक अरुले त्यही ढङ्गबाट यो विषय जानिरहेको हुँदैन”, मन्त्री पौडेलले भने, “त्यसैले नीतिगत रुपमा स्वास्थ्यलाई व्यवस्थित गर्न यहाँहरुको योगदान हामीले खोजेका छौँ ।”

सो समारोहमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताए । आज सम्पन्न १३औँ दीक्षान्त समारोहमा आज प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका छ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानले सन् २०१० देखि सन् २०१७ ब्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र सन् २०१२ देखि सन् २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएचडी उपाधि हासिल गरिसकेका विद्यार्थीलाई कुलपति ओलीले आज दिक्षित गरेका हुन् ।

 

वि.सं.२०८१ कात्तिक २६ सोमवार १८:५१ मा प्रकाशित

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का...

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा...

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास...

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

गण्डकी । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की...

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा...