Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

औषधी गोदाममा आगालागी हुँदा करोडौंको क्षति



 

१० जेठ, बुटवल। बुटवलको एक औषधि गोदाममा आगलागी हुँदा झन्डै रु आठ करोड मूल्य बराबरको क्षति भएको छ ।

बुटवल उपमहानगरपालिका– ६ (साविक वार्ड नं– ८) स्थित खेम इन्टरप्राइजेज र ओमी फार्मामा मङ्गलबार मध्यरातिमा लागेको आगो आज बिहान ४ बजेतिर मात्रै नियन्त्रणमा लिन सकेको हो । औषधि व्यवसायी सङ्घ लुम्बिनीका पूर्व अध्यक्ष खेम पुन सो इन्टरप्राइजेजका सञ्चालक हुनुहुन्छ ।

पहिलो तलाको पूर्व–तर्फबाट औषधिको स्टोरमा लागेको आगो चौंँथो तलासम्म पुगेको थियो । आगालागीबाट सम्र्पूण औषधि जलेर नष्ट भएका छन् । रातको समयमा आगालागी भए पनि कुनै मानवीय क्षति हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासनीले बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाको दमकल समयमै नआएका कारण धेरै क्षति भएको पीडितको गुणासो छ । विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने बताइएको छ । घरमा भएका ६ वटा सिलिन्डर र इन्भर्टर ब्याट्रिमा कुनै पनि क्षति नहुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको पीडितले बताएका छन् ।

आगलागी भएको पसलको चांैथो तलमा ६ जना सुतेका थिए । चांैथो तलामा रहेका उनीहरु आगलागी भएपछि छिमेकीको छतबाट बाहिर निस्किएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । इटहरीका चर्चित मेयर द्धारिकालाल चौधरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने नराम्रोसँग पराजित भएका