Logo
१२ माघ २०७८, बुधबार
     Wed Jan 26 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ, प्रचण्ड र ओलीलाई भट्टराईले लेखेको प्रेमपत्र



oli-prachandaप्रिय कमरेडद्धय
तपाईद्धय कमरेड नेपालको कार्यकारी अधिकार प्रयोग गरिसकेको र अहिलेपनि गर्दै हुनुहुन्छ । पुष्पलाल सावर्जनिक नगरिएको भद्र सहमति अनुसार प्रधानमन्त्रीको पद अब शेरबहादुरजीलाई छोड्दै हुनुहुन्छ । लोकतन्त्रमा सम्झौताको पालना हुनै पर्दछ ।

तर, तपाईहरु दुवैले राजाको पञ्चायत र नेपाली कंग्रेसको थोत्रो संसदीय व्यवस्थामा नअटाउने र नयाँ जनवादी गणतन्त्र नेपाल जो समाजवादको पहिलो खुड्किलोको सिर्जना गर्दै समाजवाद र साम्यवाद निर्माण गर्दै नेपाललाई समृद्ध, स्वतन्त्र शोषणविहीन सार्वभौम समाज र राष्ट्र सिर्जना गर्ने लक्ष्य राखेर सुरु गरेको नेपाल कम्युनिस्ट पार्टी लगातार रुपमा आफूलाई भन्दै आउनु भएको छ ।

झापा आन्दोलन गर्दा होस वा नेकपा माले बनाउँदा पुरानो नेतासँग एकीकरण गरेर एमाले बनाउँदा समेत र एकताकेन्द्र, नेकपा माओवादी वा अहिलेको एमाओवादी वा माओवादी केन्द्र बनाउँदा पनि तपाईहरुले समाजवाद र साम्यवाद निर्माणको कुरा गर्न छोड्नु भएको छैन ।

यद्यपि २००६ सालमा क.पुष्पलालले नेकपा स्थापना गर्दा अन्य देशको जस्तो कम्युनिष्ट पार्टीको एकल नेतृत्वको सरकार र व्यवस्था कल्पना गर्नुभएको थिएन । उहाँले ड्राफ्ट गरेको घोषणापत्रमा पूर्णमौलिक अधिकार, आवधिक निर्वाचन, साम्राज्यवाद र सामन्तवादविरोधी पार्टी र दलहरुको निर्वाचनमा मैत्रीपूर्ण प्रतिस्पर्धा, स्वतन्त्र र सक्षम न्यायपालिका, क्रान्तिकारी चरित्रको संसदको कल्पना गरेर ०६ साल भाद्र ३० गते नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र जारी गर्नु भएको थियो । जुन घोषणापत्र तपाई दुवैले राम्रैसँग पढ्नु भएको छ ।

हाल आएर कम्युिनस्टहरुलाई अन्तर्रािष्ट्रय थोत्रा पुँजीवादी शक्तिले एकदलीय अधिनायकवादी हुन्छन् भनेर आलोचना गरिरहे । त्यसलाई चिर्न क. पुष्पलालले विश्वका कम्युनिस्ट पार्टीहरुभन्दा फरक घोषणापत्र जारी गर्नुभयो । त्यसैलाई आधार मान्दै क. मदन भण्डारीले जनताको वहुदलीय जनवाद भनेर व्याख्या गर्नुभएको हो । तपाई प्रचण्ड जनयुद्धमा गएर शान्तिमा फर्किदा क. पुष्पलाल र मदनलाइ सम्झदै प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकार्दै समाजवादी समृद्ध अथर्तन्त्र निर्माण गर्दै चुनावकै माध्यमबाट अन्य सामन्तवादी र पुँजीवादी दलहरुलाई परास्त गर्दै श्रेष्ठता हासिल गरेर नै क्रान्तिकारी आमूल आर्थिक, सामाजिक,सांस्कृतिक रुपान्तरण गर्ने कुरा तपाईहरु दुवैको हो ।

त्यसका लागि तपाईहरु दुईजना र तपाईहरुभन्दा जेष्ठ नेताहरु को संरक्षकत्वमा सकेसम्म पार्टी एकीकरण गर्ने नभए मोर्चा बनाउने र यो चुनावमा दुवैले गल्ती गरेर चुनावी तालमेल नगर्दा भएको क्षतिलाई आत्ममूल्यांकन गर्दै अर्काे स्थानीय चुनाव वा आउने प्रदेश र संसदको चुनावमा एक भएर जान आ–आफ्नो संगठनको क्षमता अनुसार इमान्दारीपूर्ण तवरले चुनावी एकता गर्नुहोस् ।

हुन त कहिले क. ओलीजीले शेरबहादुर र नेपाली कंग्रेसलाई च्याप्नु भयो भने अहिले प्रचण्डजीले चेप्दै हुनुहुन्छ । वी.पी. कोइराला र उनले स्थापना गरेको कांग्रेसको समाजवादी घोषणा–पत्रअनुसार समृद्ध अर्थतन्त्र, स्वाधीन अर्थतन्त्र निर्माणमा कांग्रेस लागेको भए एकता गर्नु ठीक हुन्थ्यो । तर ०४६ पछि कांग्रेसले लिएको वी.पी कोइराला र गणेशमान सिंहका समाजवादी आर्थिक नीति विपरीत लिएको तथाकथित उदार अर्थतन्त्र साम्राज्यवादपरस्त र रेमिट्यान्स अर्थतन्त्रमा आधारित छ,लाई अँगालेपछि तपाई दुई कम्युनिष्ट नाम राखेका पार्टीहरु तपाईहरु नमिलेर तथाकथित उदारवादीसँग मिल्न थाल्नुभयो, जुन विगत र अहिले गर्दै हुनुहुन्छ । त्यसले तपाईद्वयको कद बढाएको छैन । घटाएको छ । त्यसमा पनि क्रान्तिबाट आएका प्रचण्डलाई त झन् दक्षिणपरस्त शक्तिसँग मिल्ने जुन रुप अहिले देखियो त्यो आश्र्यजनक हो । त्यसैले क. प्रचण्डले दक्षिण र दक्षिणपन्थी दलसँगको माया–पिरती छोड्ने र क. ओलीले राजावादी दलसँगको प्रेम छाडेर आफ्नो मात्र कम्युनिस्ट दलहरुसँग प्रेम गर्ने वानी बसालेर नेपाली समाजको कायापलट आर्थिक विकास गर्न, अगाडि बढ्न जरुरी छ । तपाई दुईजना पुराना तपाईहरुभन्दा सिनियर क. मोहनविक्रम सिंह, नारायणमान विजुक्च्छे, मोहन वैद्य, कृष्णदास श्रेष्ठ, १०० वर्ष पुगेका खगलाल गुरुङलाई साक्षी राखेर मिल्नुस्, देश बनाउनुस, यो आमनेपाली जनताको चाहना र शुभकामना हो ।

ओलीजीसँग जेलमा सँगै बसेको र प्ष्पजीसँग अन्तरंग भेटघाट र सम्बन्ध भएकाले तपाईहरु दुवैलाई यो सुझाव दिन चाहन्छु– प्रेम गर्नुहोस् र हामीहरुजस्ता सयौं शुभचिन्तकको प्रेमपत्रलाई मान्यता दिएर तदनुरुप आचरण र व्यवहार गर्नुहोस । तपाई दुवैको र नेपाली जनताको हित यसैमा छ ।

बाबुराम भट्टराई र कृष्णप्रसाद भट्टराई मेरो गोत्रीय भएर पनि यी दुवैलाई मैले कहिल्यै लभ गरिन । मैले पुष्पलाल, शम्भुराम श्रेष्ठ, तुल्सीलाल अमात्य, हरिहर यादव, दुःखीलाल चौधरी, हरदयाल महतो, मदन भण्डारी, तपाई बचेका पुष्पकमल दाहाल, मोहन वैद्य, मोहनविक्रमसिंह, खड्कप्रसाद ओली, माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल, रामबहादुर थापा वादल, नेत्रविक्रम चन्दसँग लभ गरेको छु । तपाई दुई जना मिल्नुभयो भने नेपाल १० वर्षमा स्वर्ग हुन्छ । गम्भीर भएर दुवै जनाले सोंच्नुहोस् ।

लेखक, भट्टराई वाम बुद्धिजीवी हुनुहुन्छ ।
समयवद्ध साप्ताहिकबाट साभार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सरकारी काममा सर्वसाधारणले कतिसम्म सास्ती पाउँछन् भन्ने कुरा चितवनका जोन कँडेलले पाएको सास्तीले देखाएको

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके