१० जेठ, काठमाडौँ । देशभरि सर्वाधिक चासोको रुपमा रहेको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवाली २८९५५ मतसहित अग्रता लिइरहनुभएको छ भने उनका प्रतिदन्द्धी माओवादी केन्द्रकी रेणु दाहालले २६७७२ मतसहित पछ्याइरहनु भएको छ ।
रेणुले आज विहान सम्म करिब ३२०० मतले अग्रता लिनुभएको ज्ञवालीसँगको मतान्तर २१०० मा झार्नुभएको हो ।