back

लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु देखिन थाले

वि.सं.२०७४ जेठ ११ बिहीवार

804 

shares

११ जेठ, बेनी,म्याग्दी । म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु ९गिद्ध० देखिन थालेका छन् ।

विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र बासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयवासीले बताएका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएका चिमखोलाका धु्रव पाइजाले जानकारी दिनुभयो ।

लोपोन्मुख जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणासँगै पशुमा सो औषधि प्रयोग र बेचबिखन गर्न प्रतिबन्ध लगाइएपछि एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखिएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका पशु चिकित्किस जीवन आचार्यले बताउनुभयो । जिल्ला पशु सेवा कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको प्रयासमा दुई वर्षअघि २५औँ जिल्लाका रुपमा म्याग्दीलाई ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणा गरिएको थियो ।

जिल्लाका चिमखोला, दग्नाम, गुर्जा, मुदी, ताकम, लुलाङलगायत ठाउँमा हिमाली जटायु देखिन थालेका र ती जटायुको संरक्षणका लागि विशेष कार्यक्रमको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । जिल्लामा कुन प्रजातिका गिद्ध कति सङ्ख्यामा छन् भन्ने कुराको विस्तृत अध्ययन नभएको र कुनै पनि अभिलेख नरहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

सामुदायिक वन–जीवजन्तु संरक्षणमा

यसैगरी, जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहले जङ्गली जनावर र पक्षीको संरक्षणमा सक्रियता देखाउन थालेका छन् ।

विशेषगरी हिंस्रक जनावरबाहेक अन्य जङ्गली जीवजन्तुलाई संरक्षित जङ्गल क्षेत्रमा संरक्षण गरी युवापुस्तालाई त्यसको विषयमा जानकारी दिनका लागि यस्ता जीव र पक्षीको संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले सक्रियता देखाउन थालेका हुन् ।

म्याग्दीका गौश्वारा, बगरफाँट र भूमेनाथ सामुदायिक वन उपभोक्ता समूहले त्यस प्रकारको जङ्गली जनावर र पक्षीलाई संरक्षित जङ्गल क्षेत्रमा नै सो समूहले संरक्षण गर्न थालेपछि त्यसको लोकप्रियता बढ्दै गएको छ ।

गौश्वारा सामुदायिक वन उपभोक्ता समूहले चिल, उल्लु, तित्रा, दुम्सी, ढिकुर, मृग र चित्तललाई संरक्षण गर्न थालेका छन्, सो समूहका सल्लाहाकार रत्नबम मल्लले भन्नुभयो —जङ्गलमा पूरै बारको घेरा लगाएर त्यस्ता जनावर र पक्षीको संरक्षण गर्न थालिएको हो ।

सल्लाहाकार मल्लले भन्नुभयो, “जनावरले आपूm तार घेरामा परेको अनुभव गर्न नपाओस् भनेर जङ्गलभित्रै उनीहरूलाई घुम्ने स्थान उपलब्ध गराएको र बाहिरी हिंस्रक जनावरले समेत आक्रमण गर्न नपाओस् भनेर तार घेरा लगाएको हो ।” गौश्वारा सामुदायिक वनले मात्र होइन, यस क्षेत्रका वगरफाँट र भूमेनाथ सामुदायिक वनले मयूर, न्याउली, तित्रो, वन ढिकुर, मृगलगायत जङ्गली जीव र पक्षीलाई संरक्षण गरेर यस क्षेत्रका विद्यार्थीका लागि अवलोकन केन्द्रका रूपमा सामुदायिक वनलाई विकास गर्दै आएको छ ।

यसैगरी, म्याग्दीकै झाँक्रीपानी सामुदायिक वनले पनि जङ्गलमा रहेका जीव र पक्षीलाई संरक्षण गरेर यस वन क्षेत्रलाई खुला चिडियाखानाका रूपमा विकास गर्ने प्रयत्न गर्दै आएको छ ।

वि.सं.२०७४ जेठ ११ बिहीवार ०३:२४ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...