back

महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन पक्राउ

वि.सं.२०८१ मंसिर १४ शुक्रवार

387 

shares

महेन्द्रनगर (धनुषा) । यही मङ्सिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आज जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका–३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका–८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई सार्वजनिक गरेको हो ।

मङ्सिर ८ गते जनकनन्दिनी गाउँपालिका–४ खजुरी र कमला नगरपालिका–२ सरावेको बीच सिमानामा रहेको आमाखोलामा नामथर नखुलेकी एक महिलाको शव प्लाष्टिकको बोराभित्र रहेको अवस्थामा फेला परेको थियो । पछि ती महिला जनकनन्दिनी गाउँपालिका–५ उधा टोल निवासी रेखाकुमारी मण्डल रहेको खुल्न आएको थियो ।

आज आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुङ्गाले अनुहारमा प्रहार गरी मुर्छित बनाई घाँटी रेटेर हत्या
गरेको खुल्न आएको बताउनुभयो । मृतकसँग विवाह गर्ने सम्बन्धमा विवाद भएपछि घटना भएको देखिएको उहाँले जानकारी दिए । मृतक र खत्वेबीच पाँच÷छ वर्षदेखि रामललित मण्डल खत्वेबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।

 

वि.सं.२०८१ मंसिर १४ शुक्रवार २१:०७ मा प्रकाशित

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

अध्यक्ष दाहालसँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेटवार्ता

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का...

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

आफ्नै घरमा मृत अवस्थामा भेटिए आमासहित दुई छोरा

त्रिशूली (नुवाकोट) । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा दुई छोरासहित आमा...

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

पत्रकार महासङ्घ निर्वाचन  : शर्मा नेतृत्वको प्यानल घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचनका लागि निर्मला शर्माको नेतृत्वमा...

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

तीनलाख बढी रकमसहित काठमाडौंबाट १६ जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ डल्लु तथा नागार्जुन नगरपालिका–३ गैरीगाउँमा जुवातास...

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

सहकारी ठगी प्रकरण : लामिछानेलाई चार दिन हिरासतमा राख्न अनुमति

गण्डकी । सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानका क्रममा कास्की...

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा...