back

दोश्रो चरणको चुनावका लागि गाउँपस्न थाले दलहरु

वि.सं.२०७४ जेठ ११ बिहीवार

732 

shares

११ जेठ, लहान । दोस्रो चरणको स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सिरहामा दलका नेता तथा कार्यकर्ता गाउँ गाउँमा पुग्न थालेका छन् । जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि उनीहरु गाउँ गाउँ पुग्न थालेपछि चुनावी गतिविधिले तीव्रता पाउन थालेका हुन् ।

नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० सहितका दलले जिल्लामा चुनावी प्रचार प्रसार अभियानलाई तीव्र पारेका छन् । चुनाव प्रचार प्रसारकै क्रममा नेपाली काँग्रेस सिरहाले बुधबार लहान नगरपालिका क्षेत्रमा मोटरसाइकल ¥यालीसमेत निकालेका छन् । मोटरसाइकल ¥यालीले लहान नगरपालिकाको २४ वटै वडामा परिक्रमा गरिने काँग्रेस सिरहाले जनाएको छ ।

जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारको छनौट, अगुवा कार्यकर्ताको प्रशिक्षक तथा नियमित बैठक, छलफललगायत गतिविधि गरिरहेको नेपाली काँग्रेस सिरहाका सभापति तथा सांसद रामचन्द्र यादवले जानकारी दिनुभयो ।

त्यस्तै, नेकपा (एमाले) सिरहाले लहान नगरपालिका–१९ सोनामती मझौरामा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक प्रशिक्षण, पार्टी प्रवेशलगायत चुनावी गतिविधि सञ्चालन गरेको एमालेका नेता तथा कार्यकर्तापनि गाउँ गाउँमा पुग्न थालेका छन् ।

यस्तै, नेकपा (माओवादी केन्द्र) ले पनि सिरहाको गोलबजार नगरपालिका–८ लबटोली जगतपुरमा गाउँस्तरीय भेला सम्पन्न गरेको छ । निर्वाचनलाई लक्षित गरी पार्टी प्रशिक्षण, स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने आकाङ्क्षीको सूची तयारी तथा बैठक र छलफल नियमितरुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “निर्वाचन र साङ्गठनिक अभियान लिएर गाउँ गाउँका पार्टीका अगुवा नेता तथा कार्यकर्तासँग नियमित छलफल अन्तरक्रिया तथा जिल्लाका स्थानीय तहमा उम्मेदवार हुने आकाङ्क्षीको समेत सूची तयार गरिरहेका छौं ।”

संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने बताउँदै आएका मेधसवादी दलले पनि आन्तरिकरुपमा चुनाव लक्षित गतिविधि गर्दै आएका छन् । निर्वाचनको आन्तरिक तयारीमा जुटेको सङ्घीय समाजवादी फोरम नेपाल धमाधम अरू पार्टीबाट नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउन थालेका छन् ।

त्यस्तै, राष्ट्रिय जनता पार्टीले पनि आन्तरिकरुपमा नगरपालिका र गाउँपालिकाका लागि सम्भावित उम्मेदवारको सूची बनाइरहेको ती पार्टीका नेताले बताएका छन् । करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी दलहरु गाउँ गाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावी चर्चा–परिचर्चाले समेत व्यापकता पाएको छ ।

सिरहामा सात नगरपालिका र १० गाउँपालिकाका १५८ वडाबाट कम्तीमा ३१६ महिलासहित ८२४ जनप्रतिनिधि चुनिनेछन् । त्यसमा दलित महिला १५८ जना पर्नेछन् । एक लाख ७५ हजार १८४ पुरुष, एक लाख ५६ हजार ४११ महिला र एकजना तेस्रोलिङ्गी गरी कुल तीन लाख ३१ हजार ५९६ मतदाता रहेको सिरहामा ४२६ वटा मतदान केन्द्र र २१९ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । सिरहामा ३२ वटा राजनीतिक दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।

वि.सं.२०७४ जेठ ११ बिहीवार ०३:२८ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...