Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

म्यान्चेष्टर युनाइटेडलाई युरोपाको उपाधि



europa११ जेठ,  काठमाडौँ ।  इङलिश क्लब म्यान्चेष्टर युनाइटेडले युरोपा लिगको उपाधि जितेको छ । हिजो राति स्विडेनको स्टकहोममा भएको खेलमा म्यान्चेष्टर युनाइटेडले डच क्लब अजाक्सलाई २ ० गोल अन्तरले हराउदै युनाइटेडले युरोपाको ट्रफी उचालेको हो । युरोपाको उपाधि सगैँ युनाइटेड अर्को सिजन च्याम्पियन्स लिग खेल्ने पक्का भएको छ । युनाइटेडको जितमा पल पोग्बा र हेनरिख मिखिति¥यानले एक एक गोल गरे । युरोपाको जित सगैँ युनाइटेडले इितिहास समेत रचेको छ । जितसगैँ युनाइटेड चेल्सी, वार्यन म्युनिख, आजाक्स सगँै युरोपा र च्याम्पियन्स लिग जित्ने क्लब बनेको छ ।
१० महिना अघि युनाइटेड आएका प्रशिक्षक जोसे मौरिन्होले क्लब को लागि ३ ओटा उपाधि जिताइसकेका छन् । यसै गरि मौरिन्हो फरक फरक क्लबबाट युरोपा र च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक बनेका छन । युनाइटेडको जितले २ दिन अघि म्यान्चेष्टर हमला बाट शोकाकुल बनेका जनतामा केही खुशीयाली समेत छाएको छ ।

united


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम