back

एनआरएनएमा नेतृत्व लिन खोज्नेले राजनीतिक नेतृत्व त्याग्न सक्छन ?

वि.सं.२०७४ जेठ ११ बिहीवार

714 

shares

sailesh-shresthaसन २०१३–१५ को कार्यकालका लागि अनायास अध्यक्ष पदमा उम्मेदवारी दिएपछि त्यसताका खगेन्द्र क्षेत्रीको चर्चा निक्कै चुलिएको थियो । त्यसबेला मैले ‘किन खगेन्द्र क्षेत्रीको उम्मेदवारी चर्चाको बिषय बन्यो’ शिर्षकमा एउटा बिबेचनात्मक स्टाटस लेखेपछि सामाजिक संजाल निकै तातेको थियो । उनी निकट रहेका नेपाली जनसम्पर्क अमेरिकाका गुटका केहि भाई बन्धुहरुको रक्तचाप त्यति बेला ह्वात्तै बढेको थियो । त्यसैगरी दुईबर्ष अघि अमेरिकाबाट एनआरएनए आईसीसीको अध्यक्ष पदमा अनायास टेक्सास निवासी रतन झाले उम्मेदवारी दिएपछि ‘को हुन यि रतन झा ?’ शिर्षकमा मैले अर्को स्टाटस पोस्ट गरेको थिएँ । त्यसको लगतै उनीसँग कार्यक्रम सम्प्रेषण निर्माणको क्रममा नर्थ केरोलिनामा पहिलो भेट भयो र त्यो पहिलो भेट अनि चिनाजानीले हामी एक असल औसत मित्रका रुपमा स्थापित भयौं ।

मानवीय सम्बन्ध र निरन्तर सम्बाद मेरो पहिलो प्राथमिकता हो । त्यति भईन्जेल र रहिन्जेल म कुनै पनि बिबाद र बहसबाट कोहि कसैसंग भाग्दिन । तर, कहिलेकाँही डर लाग्छ, हामीलाई नेतृत्व गर्ने यि हाम्रा उपलब्ध अभियन्ता नेताहरुमा बिरोधको सामना गर्ने चेतनास्तर अनि औकात नितान्त कम छ अथवा सिधै भन्दा यसो भनौं यिनीहरु असहिष्णु छन । त्यसमा पनि सबभन्दा ठुलो दोष हामी संचारकर्मीहरुकै छ । हामी र हाम्रा संचारले सिर्फ उनीहरुलाई प्रसंशा गर्ने, उचाल््ने अनि फुक्र्याउने काम मात्र गर्यौ । त्यो आम भींडबाट अलग हुने नियत र साहसले केहि सत्य तथ्य सम्प्रेषण गर्ने गर्दा म अहिले ‘गाली’ मात्र लेख्ने फेसबुके लेखकमा गनिएको छु ।

एनआरएन अमेरिकाका बारेमा मेरो शुभ चिन्ता र असल अभिष्ट बुझ्न खगेन्द्र क्षेत्रीलाई केहि महिना लाग्यो भने वर्तमान अध्यक्ष डा. केशब पौडेललाई पुरै बर्ष दिन लाग्यो । उनी मलाई भेट्नासाथ भनिहाल्छन ‘हैन हौ शैलेशजी कति यो भएन, त्यो भएन मात्र भन्नु हुन्छ यो भएको अनि त्यो भएको कुराहरु पनि लेख्नुस न हौ ।’

उनी जस्ताहरुको बचन भुईंमा खस्न नपाउँदै ‘जी हजुर’ को भाका अनि भाषामा तिनको बोली र कर्मलाई आफ्नो पत्रिकाको मुख पृष्ठमा सजाउनेहरुको भींडमा म अप्ठेरो देखिन सक्छु । तर, संचारमा म लामो दौडमा दौडने गरि लड्दै पड्दै अनि सिक्दै पो अगाडी बढिरहेको छु । त्यसकारण कसैको धम्की अनि तोक आदेशमा स्तुतीगान गर्दिन ।

अहिले पछिल्ला केहिँ दिनहरुदेखि हाम्रो सामाजिक संजालमा जीवनका अधिकांश सक्रिय उमेर र समय नेपालमा र यहाँ अमेरिकामा दलगत (अझ कति अर्थमा गुटगत) राजनीति गरेका नेकपा (एमाले) को भातृसंगठन प्रवासी नेपाली मन्चका निवर्तमान अध्यक्ष संजय थापाको उम्मेदवारी ब्रेकिङ्ग न्युजका रुपमा अगाडी आएको छ । भातृसंगठनको उपल्लो पद र हैसियत मुकाम गरेर बसेका संजय थापाले हाम्रो गैरराजनैतिक संगठन एनआरएनए अमेरिकामा पुछारको पद बोर्ड अफ डाईरेक्टर पदमा आफ्नो फेसबुके उम्मेदवारी सार्वजनिक गरेका छन ।

संजय थापाका चाहना र रुचीका धेरै अभिष्ट र आयामहरु हुन सक्छन म चाँही हतार गरेर लोकाचारको भाकामा अग्रिम बधाई शुभकामना भन्नु भन्दा पनि यस भित्रको सत्य, तथ्य अनि सम्भावित रहस्यहरु निरन्तर सम्प्रेषण र अन्वेषण गर्नेछु । दलगत विचार, भाबना र स्वार्थ अझ नेपालीहरुको परिवेशमा निक्कै जर्जर बनेर प्राय हरेक मानिसको मन, मस्तिष्क र स्वार्थमा गाडिएर रहेको हुन्छ त्यसलाई पखाल्न स्वार्थ र समयरुपी साबुन पानीले मात्र पुग्दैन त्यसका लागि ओरिजिनल क्लोरेक्स ब्लिचनै लगाउनु पर्ने हुन्छ अब त्यस्तो ब्लिच गर्ने गहन जिम्मेवारी चाँही हामी आम सचेत प्रवासी नेपाली र अझ बिशेष गरेर संचारको काँधमा आएको छ ।

उनको निर्णय भित्र दुईटा पाटाहरु हुन सक्छन : मेरो पहिलो बुझाई र विश्लेषण हो उनी र उनी जस्ताहरुले ढिलै भए पनि कुरा बुझे अब दशकौं अमेरिकी कर्मभुमीमा बसेर उताको लालच र सपना बुन्नु हुँदैन र अब भातृ संगठन मार्का राजनीति गरेर यो सम्भावनायुक्त प्रवासमा निरन्तर आधुनिक दासता स्विकार्नु हुँदैन । तर यहाँ आएर पनि निरन्तर उताको दलगत राजनीति गर्नेहरु प्रति अझै पनि मेरो मनमा आंशिक सन्देह र आशंकाहरु भने बाँकी छन ।

दलगत राजनीति गरेर भुईतल्लामा रमाउनेहरुलाई कुनै पनि संगठन सामाजिक बन्दै बृहद, व्यापक र दासतामुक्त बनेको मन पर्दैन । त्यस अर्थमा यिनी अर्थात प्रवासी नेपाली मन्चका निवर्तमान अध्यक्ष ठूला मानिएका तथा भन्ने गरिएका सबैको साझा हाम्रो संगठन एनआरएनए अमेरिकालाई जनसम्पर्क समितिकै रणनैतिक अभिष्ट बोकेर यो संगठनलाई थप आहत र धरासायी बनाउने बैचारिक अन्तर गोत्रीय तथा सह–गोत्रीय ‘ग्राईन्ड डिजाईन’ अन्तर्गत पुछारको पदबाट माथी प्रहार गर्न त आईरहेका छैनन ? हामी अगुल्ठाले हानेको कुकुर जस्ता भएका छौं बिजुली चम्कँदा पनि तर्सी हाल्छौं किनकी नेपाली कांग्रेस र तिनका भात्री संगठन नेपाली जनसम्पर्क समितिले यो संगठनलाई निरन्तर तहसनहस बनाएको छ ।

हिजोका दिनमा एनआरएन अमेरिकाको प्रबर्धनमा हामीले बोल्दा अथवा कार्यक्रम सम्प्रेषणका थुप्रै बहसहरु आयोजना गर्दा धारेहात लगाउँदै गाली गर्ने एकलकाँटेहरु अहिले पाए जति सबै सोर्न दुई हात फिंजाएर अगाडी आएका छन । त्यस्ता थुप्रै पात्र र चरित्रले निरन्तर आफ्ना स्वार्थी पन्जाहरु निरन्तर फैल्याउने गरेको छ । त्यसले एनआरएनएको सर्वस्वीकार्यता र महत्ताको झनै पुष्टी भएको छ । यो घरको धरासायी बनेको जगलाई पुनर्निर्माण गर्न कस्सिएर तलैबाट सिक्छु अनि सकेको गर्छु भन्ने परोपकारी मनसायले मैदानमा उत्रिएका गोपेन्द्र भट्टराई, डा. अर्जुन बन्जाडे, संजय थापाहरुको हामीले अतिरिक्त सतर्कता सहित स्वागत गर्नै पर्छ ।

मैले बिगतदेखि सबैलाई सोध्ने गरेको त्यहि प्रश्न उनीहरुलाई पनि सोध्छु हामी आम प्रवासी नेपाली तथा एनआरएनए अमेरिकाका मतदाताहरुलाई आश्वस्त पार्न के उनी र उनीजस्तै हिजोसम्म प्रवासमा दलगत राजनीति गर्दै खास र बिशेष कार्यकारी जिम्मेवारी लिएकाहरुले आफूहरु दलगत राजनीति, धर्म र जात बिशेषको वकालत गर्ने संगठनको कुनै पनि कार्यकारी पद या जिम्मेवारीमा हाल नरहेको लिखित प्रत्याभूति सार्वजनिक गर्न सक्छन ?

वि.सं.२०७४ जेठ ११ बिहीवार ०८:४१ मा प्रकाशित

Himalayan Life AD